लोकराज रोका मगर
युरोप पोर्तुगल
म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको आयोजनामा खुल्ला यूरोप स्तरीय भलिबल प्रतियोगिताको सम्पन्न भएको छ । “मोना पोर्चुगल अक्षय कोष स्थापनार्थको”लागि पोर्चुगलका राजधानी लिस्बन स्थित अल्भलाद लिस्बनको खेल मैदानमा हिजो आईतबार ०७ जुलाई २०२४मा सम्पन्न भएको प्रतियोगिताको पुरुषतर्फ मोना पोर्चुगल प्रथम, जम्मुजिरा समूह उपविजेता भएका छन् । त्यस्तै प्रतियोगितामा महिलातर्फ टोरेस भेडेरास समूह प्रथम, मोना पोर्चुगल दोस्रो भएका छन् । पोर्चुगलमा रहेका विपत् परेको म्याग्देली तथा गैर म्याग्देलीहरुलाई आपत् परेको बेला सहयोग गर्ने उदेश्यको साथ “मोना पोर्चुगल अक्षयकोष स्थापना ” गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्था अध्यक्ष नर प्रसाद फगामीले जानकारी गराउनु भएको थियो।
पुरुष भलिवलतर्फ बेस्ट पिलिएर याम केसी, बेस्ट बलोकर इन्द्र कार्की, बेस्ट इम्पाइकर योगेन्द्र गुरुङ, बेस्ट सेतर चन्द्र घर्ती, बेस्ट लिब्रो शोबित राना भएका थिए । त्यस्तै महिला भलिबलतर्फ बेस्ट प्लेयर पृती बुढा, बेस्ट स्पाइकर पासाङ ह्यालमु शेर्पा भएका थिए ।
उक्त कार्यक्रममा प्रथम हुनेले २५०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र, दृतीय हुनेले १५०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै महिलातर्फ प्रथम हुनेले ८०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र, दृतीय हुनेले ४०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगी सबैलाई प्रमुख अतिथि पोर्चुगलका लागि पर्यटन दूत रमेशराज बास्तोलाले प्रमाणपत्र र ट्रफी प्रदान गरे ।
मोनाका अध्यक्ष नर फगामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पोर्तुगलमा स्थापित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
उक्त खेलमा पुरुष तर्फ १२ टिम र महिला तर्फ ६ टिमको सहभागिता रहेको थियो।
उक्त कार्यक्रम सञ्चालन कार्यक्रम संस्था महासचिव तेजिन्द्र छन्त्यालले गरेका थिए।