आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 1५ गते आइतबार तदनुसार इस्वी सम्बत ३१ अगस्ट २०२५ । भाद्र शुक्लपक्ष अष्टम तिथि । अनुराधा नक्षत्र भ करण मृत्यु योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४२ सूर्यस्त बेलुका १८:२४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन त्यती राम्रो छैन । स्वास्थ्यमा समस्या हुनुका साथै भय त्रास चिन्ता डरले दिन बित्ने देखिन्छ । संकट मवचन हनुमानजीको आराधानाले राम्रो हुनेछ ।
बृष:– आजको दिन उत्तम छ । आफूले अँटेताकेका कामहरु पुरा हुनेछन् । मान सम्मान प्राप्ती हुनुका साथै आर्थिक लाभ हुने योग बनेको छ ।
मिथुन:– ग्रहगोचरबाट बिचार गर्दा आजकव दिन उत्तम रहला मनको अवस्था सन्तोषजनक हुनुका साथै आर्थिक लाभ हुने देखिन्छ ।
कर्कट :– ज्योतिश शास्त्रका अनुसार आजको दिन केही अर्थपूर्ण रहनेछ । गरेको कार्यमा सफल हुनुका साथै मान सम्मान प्राप्ती हुने योग बनेको छ ।
सिंह:– बिचार पुराएर कार्य आरम्भ गर्नु होला आजको दिन त्यती राम्रो देखिदैन । बादविवाद पर्न सक्छ । गणेशजीको आराधनाले राम्रो हुनेछ ।
कन्या:– राशी अनुसार दिन राम्रो रहेको छ । मनमा हर्षोल्लास हुनुका साथै धन सम्पति प्राप्ती हुने योग बनेको देखिन्छ ।
तुला :– मनमा असन्तोषपनाले गिज्याउला गरेका कार्यहरु अधुरा रहन सक्छन् । माता दुर्गाजीको आराधाना गर्मा राम्रो होला ।
बृश्चिक:– माता लक्ष्मीजीको कृपाले श्रीबैभव लक्ष्मी प्राप्त हुने योग बनेको छ । मनमा खुशीयाली छाउनुका साथै आनन्दानुभुती प्राप्ती होलाल ।
धनु:– आजको दिन समयले त्यती धेरै साथ देला भन्न सकिदैन । कुनै पनि कार्य गर्दा साबधानी अपनाउनु होला । हानी नोक्सानी हुने देखिन्छ । बिघ्नहर्ता गणेशजीको आराधानाले राम्रो हुनेछ ।
मकर:– राशी अनुसार समयले साथ दिनेछ । लक्ष्मीजीको कृपाले धन सम्पत्ती प्राप्ती हुने छ ।
कुम्भ:– मनोइच्छाहरु पुरा हुनेछन् । गरेका कार्यहरु सफल हुनाले मनमा आनान्दानुभुती प्राप्ती होला ।
मीन:– मनमा सात्विक विचारको उदय होला । सज्जन महापुरुषको सत्संगत गर्ने अवसर मिल्ने छ । धर्मकर्म तिर मन लाग्ने छ ।
