हाल नेपाली राष्ट्रिय क्रिकेट टिम अष्टे«लिया भ्रमणमा रहेको छ । टप इन्ट टी २० सिरिजका लागि पुगेको नेपाली टोलीले खेलेका ५ मध्ये तीन हार र दुईमा जित निकालेको छ। पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले पराजित हुँदा तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले स्तब्ध भएको थियो। चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ ले हराएउँदै खाता खोलेको थियो । बुधबारको खेलमा मेलबर्नमाथिको ३३ रनको जितसँगै तालिकामा नेपालले चार अङ्क जोडेको छ । यो जितसँगै ११ टिम सहभागी सिरिजमा नेपाल तालिकाको छैटौं स्थानमा उक्लिएको छ । नेपालले अर्को खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ । खेलका धेरै पाटाहरु यस सिरिजले उजागर गरेको प्रसंग कसैलाई लुकेको छैन । नेपाल रातको समयमा खेल्न निकै संघर्ष गर्नु परेको यस पटकको खेलले देखायो । रातीमा भएको फ्लड लाइटमा खेल्दा धेरै क्याचहरु ड्रप भएभने फिल्डी तथा बलिङ र ब्याटीङमा पनि केही समस्या देखियो ।
खेल सँगै यसलाई पनि पर्यटन सँग जोडेर हेर्न सकिन्छ । नेपालको खेल हुँदा नेपाली दर्शकहरु धेरैको संख्यामा मैदानमा पुगेको अवस्थाले खेलकुद पर्यटनका लागि महत्वपूर्ण पाटो हो भन्ने कुरा स्वीकार गर्न कुनै समस्या भएन । कुनै पनि खेलमा हेर्न पुग्ने दर्शकहरुको संख्या उल्लेख्य हुन्छ र नेपालीले खेलेका हरेक खेलमा पुग्ने दर्शकहरुको समर्थन पनि निकै मजबुत नै देखिन्छ । हाल सम्म भएका हरेक प्रकारका खेलमा हुने खचाखच दर्शक अनि सामाजिक सञ्जालमा आएको प्रत्यक्ष प्रसारणमा पनि दर्शकहरुको उस्तै मोहले पनि खेलकुदले सबै क्षेत्रमा काम गरेको देखाउँछ । हाल नेपालमा हुने गरेका फ्रेन्चाइज फुटबल, भलिबल, तथा क्रिकेटमा पनि दर्शकहरुले मैदान भरीने अवस्थाले आर्थिक परिचालन गरेको छ । कुनै पनि खेलमा हुने आम्दानी खर्च भन्दा पन धेरै आर्थिक परिचालनले अर्थ राख्छ । गत वर्ष भएको नेपाल प्रिमियर लिगमा भएको क्लब खरिद देखि लिएर अन्तिममा भएको पुरस्कार रकम तथा दर्शकले काटेको टिकले पनि आर्थिक क्षेत्रमा एक प्रकारको सक्रियता ल्याएको थियो ।
खेलकुदको विकास गर्न सकेको खण्डमा हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । आर्थिक चलायमान हुँदा रोजगारीका अवसरहरु पनि बढ्दै जाने हुन्छ । यसले पनि के देखाउँछ भने कुनै पनि क्षेत्रमा हुने गतिबिधिले आर्थिक गतिबिधिलाई नै प्रोत्साहन दिन्छ र त्यो अगाडी बढ्छ भन्ने हो । हामीले गर्ने गतिबिधिहरुले बनाउने आर्थिक चलायमान गति र यसले देखाउने बाटाहरुले पनि हामीलाई सकारात्मक उर्जा दिने भएकाले मुलुक भित्र सुरु भएका खेलकुद संरचना निर्माणलाई पूर्णता दिन तर्फ सबैले ध्यान दिनु पर्छ । सम्भावना भएका स्थानहरुमा खेल संरचना निर्माण गर्नुका साथै थप तयार गरेको खण्डमा आन्तरीक मात्रै नभएर विदेशी पर्यटकको पनि आगमन हुने कुरामा कुनै दुइमत छैन ।
