आजको पञ्चाङ्ग
सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ८ गते आइतबार इस्वी सम्बत २४ अगस्ट २०२५ । भाद्र शुक्लपक्ष प्रतिपदा तिथि ।पूर्वफाल्गुणी नक्षत्र बाबल करण छत्र योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३९ सूर्यस्त बेलुका १८:३१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम छ । सज्जन महापुरुषद्वारा ज्ञान उपदेश पाइने सम्भावना छ मन सत्कर्ममा लाग्नेछ ।
बृष:– आजको दिन त्यति राम्रो देखिदैन नकारात्मक चिन्तनले बढि सताउला गैरीशंकर भगवानको आराधनाले राम्रो हुनेछ ।
मिथुन:– लक्ष्मीजीको कृपाले धन सम्पती प्राप्ती हुने योग बनेको देखिन्छ ।
कर्कट :– असन्तोषले गीज्याउला आजको दिन राम्रो छैन माता दुर्गा भवानीको आराधनाले राम्रो हुनेछ ।
सिंह:– श्रीप्राप्ती हुने योग बन्ने देखिन्छ । धन सम्पति प्राप्ति हुने छ ।
कन्या:– आजको दिन उत्तम छैन । कहि कतै हानी नोक्सानी हुन सक्छ गणेशजीको आरधनाले राम्रो हुनेछ ।
तुला :– गरेका कार्यमा सफल भइएला । आर्थिक लाभ हुने योग बनेको देखिन्छ ।
बृश्चिक:– मनका इच्छा आकांक्षाहरु पुरा हुने देखिन्छ । कुनै नविन कार्य गर्न लाग्नु भएको छ भने गरेमा राम्रो हुनेछ ।
धनु:– मन धर्मकर्मतिर लाग्नेछ । सामाजिक सेवा साथै परोपकार सत्संगतमा दिन बित्ने छ केही आर्थीक लाभ होला ।
मकर:– आजको दिन राम्रो छैन दु:ख कष्ट व्याधिले सताउला संकट मोचन हनुमानजीको आरधनाले राम्रव होला ।
कुम्भ:– राजकीय मानसम्मान प्राप्ती हुने योग बनेको छ । गरेका कार्यबाट सन्तुष्टी मिल्ला ।
मीन:– महालक्ष्मीजीको कृपाले मनग्य धन सम्पत्ती प्राप्ती हुने योग बनेको छ । आँटेताकेका काम पुरा हुनेछन् ।
