आजको पञ्चाङ्ग
सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ६ गते शुक्रबार इस्वी सम्बत २२ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष चतुर्दशी तिथी ११:४६ सम्म उप्रान्त औशी तिथि अष्लेषा नक्षत्र १:१० उप्रान्त मघा च करण मृत्यु योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३८ सूर्यस्त बेलुका १८:३३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजकोदिन आफ्नो अनुकुल छैन । गरेका कार्यमा जस मिल्ने देखिदैन । सावधानी अपनाउनु होला कलह बादबिबाद पर्न सक्छ भगवान गणेशको आरधनाले राम्रो हुनेछ ।
बृष:– हर्षोल्लासमय दिन बित्नेछ । मनमा खुशीयाली छाउनुका साथै आर्थिक लाभ हुने देखिन्छ ।
मिथुन:– मनमा असन्तोषपना उत्पन्न होला गरेका कार्यमा ढीलासुस्ती भइ नकारात्मक चिन्तनले सताउने छ । माता दुर्गा जीको आराधना गर्नु राम्रोहुनेछ ।
कर्कट :– महालक्ष्मीजीको कृपाले घरमा धन सम्पत्तीको बैभव भित्रने योग बनेकोछ । अधुरा कार्यहरु सफल हुनेछन् मनमा सन्तोष मिल्ला ।
सिंह:– असावधानीले गर्दा हानी नोक्सानी व्यहोर्नु पर्ला । गरेका कार्यहरु सफल नहुँदा मनमा खिन्नता उत्पन्न होला भगवान गणेशजीको आरधना गरेमा राम्रो हुने देखिन्छ ।
कन्या:– आजको दिन उत्तम देखिन्छ । लक्ष्मीजीको कृपाले गर्दा धनसम्पत्ती प्राप्ती हुनुका साथै मनमा निकै हर्षोल्लास बढ्ने देखिन्छ । आँटेताकको कार्य पुरा हुनेछन् ।
तुला :– मनका इच्छा आकांक्षाहरु पुरा हुने देखिन्छ । कुनै नविन कार्य सुरुआत गर्ने सोचमा हुनुहुन्छ भने कार्य आरम्भ गर्दा राम्रव हुनेछ ।
बृश्चिक:– सात्विक विचारको उदय हुनुका साथै सामाजिक सेवा परोपकार र धर्मकर्ममा मन जाने देखिन्छ ।
धनु:– राशीअनुसार आजको दिन त्यती राम्रो देखिदैन मनमा ग्लानी एवम् कुनै गह्रौं अप्ठ्यारो पर्न सक्ला संकट मोचन हनुमानजीको आराधना गर्नु राम्रो हुनेछ ।
मकर:– मान सम्मान वा कुनै गोष्ठी समारोहमा सहभागि बन्ने अवसर मिल्न सक्छ । गरेका कार्य सफल भएको देख्दा मनमा हर्षोल्लास होला ।
कुम्भ:– बैभव लक्ष्मीजीको कृपाले गर्दा प्रसस्त धन सम्पती प्राप्ती हुने योग बनेको देखिन्छ । मन सत्कार्यमा लाग्ने छ ।
मीन:– ज्ञानी महापुरुषहरुको सत्सगत गर्ने ज्ञानगुनका कुराहरु सिक्ने अवसर मिल्ला मनमा सात्विक बिचारको उदय होला ।
