आजको पञ्चाङ्ग
सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ३ गते मंगलबार इस्वी सम्बत १९ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष एकादशी अजा एकादशी १५:५५ पछि द्वादशी तिथी आद्रा नक्षत्र ०२:२८ बजेपछि पुनर्वशु कौलब करण चर योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ ।
सुर्योदय बिहान ५:३६ सूर्यस्त बेलुका १८:३७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम छ । आफूले आँटेताकेको कार्यमा सफल भइ धनसम्पत्ति प्राप्ती होला ।
बृष:– मनमा धमिलोपन बढ्ला असन्तोषले गिज्याउला माता दुर्गाजीको आराधनाले राम्रो होला ।
मिथुन:– माता लक्ष्मीको कृपाले घरमा धनको आगमनले मन सन्तुष्टि मिल्ला।
कर्कट :– राशी अनुसार आजको दिन त्यति राम्रो देखिदैन समयले साथ नदेला कहि कतै हानी नोक्सानी होला भगवान गणेशजीको आराधना गर्दा राम्रो होला ।
सिंह:– आजको दिन सर्वोत्तम छ । लक्षम्जीको कृपाले धनसम्पत्ती लाभ हुने योग बनेको देखिन्छ ।
कन्या:– मनोइच्छाहरु पुरा हुनेछन् । आफ्नो कार्यक्षेत्रमा निरन्तरता दिनु सफल हुने योग बनेको छ ।
तुला :– सात्विक विचारको उदयले मन धर्म कर्म तिर्थ स्थलहरुको दर्शन गर्ने अवसर मिल्ला साथै परोपकारमा नै दिन बित्ने छ ।
बृश्चिक:– राशी अनुसार आजको दिन राम्रो छैन । दुख कष्ट जालझेलमा पर्न सकिएला । संकट मोचन हनुमानको दर्शन गर्नु राम्रो हुनेछ।
धनु:– आजको दिन उत्तम छ । आफ्ना अधुरा कामहरु पुरा हुदै जानेछन् मान सम्मान प्राप्ती हुने योग बनेको छ ।
मकर:– राशी अनुसार आजको दिन राम्रो छ । आफूले आँटेताकेका कामह पुरा हुनेछन् लक्षमीजीको कृपाले धनसम्पत्ती प्राप्ती होला ।
कुम्भ:– महापुरुषको सत्संगत गर्ने अवसर मिल्नेछ । मनमा सात्विक बिचारले सतबिचार उदय होला ।
मीन:– ग्रह नक्षत्र अनुसार आजको दिन त्यती राम्रो छैन । कुनै पनि कार्य गर्दा साबधानी अपनाउनु होला । बादविवाद पर्न सक्छ । गौरीशंकर भगवानको आराधना गर्नु राम्रो हुनेछ ।
