बागलुङ, १५ फागुन – धौलागिरि कला तथा साहित्य मञ्चले रचना बाचन डवलीको दोस्रो संस्करण शनिबार पर्वतको कुश्मामा सम्पन्न गरेको छ ।
धौलागिरी अञ्चलको सवै जिल्लामा गरिने अभियान अन्तगर दोस्रो संस्करणको रचना बाचन कार्यक्रम कुश्मा स्थित नमुना आवसिय उच्च माविमा गरिएको हो । कार्यक्रममा धौलागिरीको बागलुङ, पर्वत र म्याग्दीका २ दर्जन स्रष्टाहरुले रचना बाचन गरेका थिए ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै साहित्यकार इन्द्रकुमार बिकल्पले धौलागिरी कला तथा साहित्य मञ्चको अभियानले धौलागिरीको साहित्य बिकासमा सहयोग पुग्ने बताएका थिए । उनले अभियानलाई शहर केन्द्रित भन्दा पनि गाँउ–गाँउमा संचालन गर्न सकेमा उपलव्धी हुने बताए ।
कार्यक्रममा नमुना आवसिय उच्च माविका प्रिन्सीपल एवँ साहित्यकार इन्द्रमान खत्री, धौलागिरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीप्रसाद शर्मा, पर्वतका स्रष्टा लक्ष्मीराज शर्मा, डिआर शर्मा, यामबहादुर केसी, मञ्चका प्रमुख सल्लाहकार ताराप्रसाद शर्मा, सल्लाहकार एन पि घायल र म्याग्दीका स्रष्टा बादल शाहि लगाएतले रचना बाचन सहित मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चका उपाध्यक्ष शंकर चोखालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत महासचिव सन्ध्या रिजाल र संचालन सदस्य सिर्जना कार्कीले गरेकी थिइन ।
Previous Articleपुष्पाञ्जलीको अध्यक्षमा शर्मा
Next Article २०७३ फागुन १५ गते आईतबारको राशिफल