बागलुङ, १५ फागुन – पुष्पाञ्जली ग्रामिण विकास केन्द्र भीमापोखरा बागलुङको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले विकास शर्माको अध्यक्षतामा ११ सदस्यीय नँया कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राजु गौतम, सचिवमा धन बहादुर थापा, सहसचिव प्रकाश विक, कोषाध्यक्षमा जुना भण्डारी चयन रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा नविन शिशिर, शिव पौडेल, विष्णु थापा, मनिषा केसी, खिम बहादुर विक र पवित्रा विक रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकले बैठकले कार्यविभाजन गरेको छ । आर्थिक उपसमिति संयोजक राजु गौतम, खेलकुद संयोजक प्रकाश विक, सांस्कृतिक विभाग खिम बहादुर विक, प्रचारप्रसारमा नविन शिशिर, स्वयम सेवकमा विष्णु थापा, समन्वय उपसमितिमा धन बहादुर थापा, स्थानीय विकास समितिमा प्रेम विक रहेको सदस्य नविन शिशिरले जानकारी दिए ।
त्यस्तै समितिको सल्लाहकारहरु प्रेम केसी, अम्मर थापा, हरिनारायण गौतम, डिल्लीराज गौतम तथा संरक्षकहरुमा विध्यामति शर्मा, चन्द्र सापकोटा, दिलबहादुर थापा, खगराज गौतम रहेका छन् ।