विश्वका महिलाहरु ब्रा लगाउँछन् । तर, गलत साइजको ब्राले स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरुले बताएका छन् । एक अनुमानअनुसार करिब ८० प्रतिशत महिलाहरु गलत साइजको ब्रा लगाउँछन् भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैंनन् । तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन् । गलत ब्रा लगाउनाले उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ । यो समस्या सर्जरीले मात्र समाधान गर्न सकिन्छ । फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गो भन्छिन्, ‘गलत साइजको ब्राले स्तनको आकार बिगार्नेमात्र होइन, घाँटी, काँध, कम्मर दुख्नेलगायतका गम्भीर स्वास्थ्य समस्या निम्तन्छन् ।’ यस्तै, गलत ब्राले छालासम्बन्ध समस्या निम्त्याउँने पनि विज्ञहरुको भनाई छ । आजकाल निकै टाइट ब्रा लगाउने चलन छ । तर, यस्ता ब्राले छालाको समस्याका साथै रगतको आवागमन घटाउने, स्नायु प्रणालीमा असर गर्ने हुन्छ । जसको परिणाम टाउको दुख्ने समस्या निम्त्याउँछ । विशेषज्ञ मार्गोका अनुसार हरेक महिलाहरुका लागि स्पोर्ट्स ब्रा आवश्यक छ ।
यौन सम्पर्कलाई लिएर चिन्तामा नहुनसुस
एक नयाँ अध्ययनले पत्ता लागाएको छ कि हरेक १० महिलामा एक महिला यौन सम्पर्कका बेला दुखाई अनुभव गर्छिन् । रोयल कलेज अफ अब्सटेट्रीशियन्स र गायनोकोलोजिस्ट्सका डाक्टर एडी मोरिस भन्छन्, ‘यो आफ्नो जीवनमा अहम सुधार गर्ने समय हो ।’ उनले बीबीसी न्यूजबीटसंग कुरा गर्दै भनेका छन्, ‘यो चिन्ता वा डराउनुको एक कारण हुन सक्छ ।’ १६ वर्षकी युवती जो पहलोपटक यौन सम्पर्कको अनुभव लिन गइरहेकी छन् र चिन्तामा छन् भने उनलाई यस्तो सल्लाह दिन जरुरी छः १. कुराकानी गर्नुस्ः यौनसम्पर्क पीडादायी बन्न सक्छ यदि दुई साथीलाई यौन सम्पर्कलाई लिएर अलग–अलग आशा गरिएको छ भने । इच्छा, अनिच्छा अलग–अलग भएपनि । विशेषज्ञ डाक्टर एडी मोरिस भन्छन्, ‘आफ्नो सहभागीसंग भावनात्मक रूपमा एक हुन जरुरी छ किनेभने सबै कुरा गर्न र भन्न सकियोस् । खुलापन, योन सम्पर्कका बारेमा कुराकानी, पूरा समय लिनु वा नजिकिनु मद्दतयोग्य हुन सक्छ । २. निरोधका बारेमा चर्चाः यौन संक्रामक रोग वा गर्भवतीबारे पहलोपटकको यौन सम्पर्कलाई लिएर तपाईलाई चिन्तित गर्न सक्छ । महिला मात्र नभई पुरुष पनि यस कुरालाई लिएर चिन्तामा पर्न सक्छ । यसबारेमा पनि एक आपसमा कुरा गर्नुपनि राम्रो मानिने डाक्टर एडीको सल्लाह छ । ३. चिन्ताबाट बच्नुः यदि पीडादायक यौन सम्पर्क एक वा दुई पटक मात्रै हुन्छ भने यो चिन्ता लिनुपर्ने कुरा होइन । ४. चिकित्सकको सल्लाहः यदि यौन सम्पर्कका क्रममा पीडा बढ्दै छ भने मेडिकल अर्थात चिकित्सकको परामर्श लिनु जरुरी छ । किनभने तपाईलाई ढुक्क हुन मद्दत गर्छ । कतै दुखाईका कारण अरु केही नहोस् । –एजेन्सीको सहयोगमा