बागलुङ, २५ माघ – जिल्लाको अधिकारीचौर–३ घैयाखेत बगाहस्थित गोठमा आगलागी हुँदा सोमबार एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ । मृत्यु हुनेमा सात वर्षीय यमलाल विक र तीन वर्षीया सम्झना विक रहेका छन् ।
चुल्होमा बलिरहेको आगो एक्कासी खरले छाएको गोठमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । अभिभावक नभएका बेला गोठभित्र बसिरहेका दुवै बालबालिका जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।
मृतकका आमा पारु विक बिहानै घाँस काट्न बारीमा गएका बेला उक्त घटना भएको जनाइएको छ । विकका श्रीमान् ओमबहादुर विक भने रोजगारीका लागि विदेशमा रहेका छन् ।
Previous Articleफागुन १ गतेदेखि निशुल्क सेवा
Next Article यसकारण लगाउँनुस् सही साइजको ब्रा