कानुनले जातिय छुवाछुतलाई दण्डनीय गरेपनि दलितलाई मन्दिरमा पस्न रोकसंगै चुल्होचौकोमा पनि बन्देज लगाउने काम रोकिएको छैन । यस्तै घटनाको पुनरावृत्ति भएको छ रामेछापमा । रामेछापको बेतालीस्थित शेरकाली मन्दिरमा दलितलाई पूजा गर्न नदिई उल्टै पुजारीले पाँच हजार असुलेको घटना सार्वजनिक भएको छ । मन्दिरमा पसेर पुजा गरेको भन्दै कृष्णबहादुर विश्वकर्मा संगबाट मन्दिर चोख्याउँन जरिवाना तिराउने पुजारीद्धय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गरेका छन् । गैरदलितबाट पीडित भएको भन्दै विश्वकर्माले पुजारीद्वय विरुद्ध प्रहरीमा उजूरी दर्ता गराएका छन् । साताको दुई दिन पुजा हुने मन्दिरमा पुजा गर्न गत माघ २२ गते शनिबार कृष्णबहादुर विश्वकर्मा दम्पत्ति मन्दिर पुगेका थिए । पूजा गर्न मन्दिरभित्र पसेका विश्वकर्मालाई पुजारील्े तँ अछुत जात मन्दिरभित्र पस्नै हुदैन, पसिस तलाई पख भन्दै मन्दिरका पुजारी चिच्याउँदै बाहिर निस्किएका थिए ।
मन्दिरबाट पुजारी बाहिरिएपछि नियमित पूजाआजा एकछिन रोकिएको थियो । त्यसपछि पुजारी र कृष्णबहादुरबीच लामो भनाभन भयो । दुवैको भनाभनपछि गाउँले, पूजाका लागि पुगेका भक्तजन र विश्वकर्मा परिवारबीच छलफल भयो । छलफलमा कृष्णबहादुरको गल्ती ठह¥याइँयो । मन्दिरका पुजारी छत्रबहादुर बुढाथोकी लगायतले पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिएका थिए । कानुनले जातिय छुवाछुतलाई निषेध गरेपनि दलित भएकै कारण मन्दिरभित्र पसेर पूजा गर्न नपाउँनु मानवअधिकारको उल्लंघन हो । सरकारले छुवाछूतको अन्त्य गरेको धेरै समय भइसकेको छ । तर, अझैपनि दलितले मन्दिरभित्र पसेर पूजा गर्न नपाउनुँ कानुनको उल्लंघन गर्नु हो । दलितले मन्दिर प्रवेश गर्दा अछुतो भयो भन्दै चोख्याउने नाममा पाँच हजार तिराउने काम भत्र्सना योग्य छ । दलितमाथि जातिय लाञ्छना लगाउँदै मन्दिर प्रवेशमा रोक लगाउने माथि सम्बन्धित निकायले कडा कदम चाल्नु पर्छ ।
दलितले मन्दिर भित्र पसेर पुजा गर्न हुँदैन भनेर कुनै धर्म शास्त्रमा छैन । त्यसैले दलित समुदायले पनि निर्वाध रुपमा मन्दिर भित्र पसेर पूजा गर्न पाउने वातावरणको सिर्जना गर्नको लागि सरकारी निकाय सचेत हुनुपर्छ । अर्काेतर्फ दलित अधिकारको वकालत गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाले पनि दलितमाथि हुने यस्ता अन्याय र अत्याचारको घटनामा कडा प्रतिवाद गर्न जरुरी छ । यदि दलित अधिकारकर्मी नै चुप लागेर बस्ने होभने दलित समुदाय सधै दलित र हेलित भएर बाँच्नु पर्छ । यो एक्कासौ शताब्दी हो । विज्ञानले संसारमा ठूलो परिवर्तन ल्यारहेका बेला हामी १६ शताब्दीको युगमा बाँचिरहेका छौ । हाम्रो चेतना स्तरमा कहिले परिवर्तन ल्याउने ? यदि हामी पुरातनवादी सोचका साथ जीवनयापन गर्छाै भने कहिले देश समृद्विको बाटोमा अग्रसर हुने ? अब सोच्नु पर्ने बेला आएको छ । दलित समुदाय बोल्न सक्दैन भनेर धेरै ठाउँमा हेलित भएको छ । अब दलित समुदाय पनि संविधानले दिएको अधिकार प्राप्तीको लागि संघर्ष गर्न जरुरी छ । पीडित विश्वकर्माले पुजारीद्वय विरुद्व उजुरी दिएका छन् । यसको निष्पक्ष रुपमा छानवीन गरी दोषीलाई कार्वाही गर्नुपर्छ ।
Previous Articleयसकारण लगाउँनुस् सही साइजको ब्रा
Next Article अनेरास्ववियूमा जिम्मेवारी बाँडफाँड