भ्यासेक्टोमी पुरुषले गर्ने स्थायी बन्ध्याकरण हो । यो सुरक्षित सामान्य शल्यक्रिया हो । यो शल्यक्रिया गर्दा पुरुषको अण्डकोषथैलीमा एउटा सानो प्वाल पारी त्यहींबाट दुबैतिरका शुक्रकीटबाहिनी नली (वीर्यनली) बाँधेर काटिन्छ । भ्यासेक्टोमी गरेपछि पुरुषको यौन षमतालाई कुनै असर गर्दैन। भ्यासेक्टोमी गरिसकेपछि ३ महिनासम्म यौन सम्पर्क गर्नपरेमा पुरुषले कण्डम प्रयोग गर्नुपर्छ । किनभने शुक्रकीटबाहिनी नलीमा रहिरहेको शुक्रकीट नख्रिन करीब ३ महिना लाग्छ ।
भ्यासेक्टोमीले कसरी गर्भ रोक्छ ?ः भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोशमा एउटा सानो प्वाल पारी त्यहींबाट शुक्रकीट नलीहरु काटेर बाँधिन्छ । शुक्रकीट आउने दुवै नली बन्द गरेपछि शुक्रकीट आउन पाउँदैनन् । महिलाको डिम्ब र पुरुषको शुक्रकीट भेट हुँदैन र गर्भ रहन पाउँदैन । तर भ्यासेक्टोमीले एचआइभी र यौन रोग सर्नबाट बचाउँदैन । त्यसैले एचआइभी र यौन रोग सर्नबाट बच्न कण्डमको पनि प्रयोग गर्नुपर्छ । भ्यासेक्टोमी कस्ता पुरुषलाई उपयुक्त हुन्छ ?ः – सन्तानको रह पुगिसकेको, – एचआइभी संक्रमित र एड्स भएको अथवा एन्टीरेट्रोभाइरल औषधि (एचआइभीको औषधि) सेवन गरिरहेका पुरुषले । भ्यासेक्टोमी गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरुः – ज्वरो आएमा, घाउ पाकेको शंका लागेमा अथवा सुन्निएर दुखेमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर जचाउनुपर्छ । – भ्यासेक्टोमी गरेपछि ३ महिनासम्म यौन सम्पर्क गर्दा अनिवार्य रुपमा कण्डम प्रयोग गर्नुपर्दछ । वीर्य जाँच गर्ने सुबिधा भएको ठाँउ छ भने भ्यासेक्टोमी गरेको ३ महिनापछि वीय जाँच गराएर शुक्रकिट भए नभएको यकिन गर्नु अझ राम्रो हुन्छ । – भ्यासेक्टोमी गरेको १ हप्तासम्म साइकल, घोडा वा रुख चढ्ने जस्ता काम गर्नु हुँदैन । – भ्यासेक्टोमी गरेपछि विशेष परिस्थितिमा शुक्रबाहिनी नली जोडाउन पनि सकिन्छ । तर, नली जोडेपछि बच्चा हुन्छ नै भन्ने यकिन गर्न सकिंदैन । भ्यासेक्टोमी गर्न चाहने पुरुषहरुलाई जानकारीः –भ्यासेक्टोमी गर्न चसो वा जाडो मौसम नै कुर्नु पर्दैन, जुनसुकै महिनामा पनि गर्न सकिन्छ । – बन्ध्याकरण गरेको घाउ ५ं७ दिनपछि आफैं निको हुन्छ । – नजिकको स्वास्थ्य संस्थामा १ हप्तापछि जचाउन जानुपर्छ । –भ्यासेक्टोमी गरिसकेपछि कम्तिमा ३ महिनासम्म यौन सम्पर्क गर्दा कण्डमको प्रयोग नगरेम गर्भ रहन सक्छ । भ्यासेक्टोमी सम्बन्धी वास्तविकताहरुः – भ्यासेक्टोमी गरेपछि पुरुषलाई ढाड दुख्ने वा कमजोर हुने हुँदैन र पहिलेको जस्तो गाह्रो कामहरु गर्नसक्छन् । – भ्यासेक्टोमी गरेपछि पुरुषको पुरुषत्व घट्ने, सम्भोगकार्यमा कमी आउने अथवा कम उत्पादनशील हुने कुनै पनि समस्याहरु हुँदैनन् । –भ्यासेक्टोमी पश्चात् सम्भोगमा स्खलन हुने वीर्यको मात्रा, बाक्लोपन अथवा स्वरुपमा केही पनि पहिलेभन्दा फरक हुँदैन तर वीर्यमा शुक्रकीटहरु हुँदैनन् । – भ्यासेक्टोमी गर्नु भनेको खसी पार्नु होइन। भ्यासेक्टोमीबाट अण्डकोषको कार्यहरुमा जस्तै शुक्रकीट तथा हर्मोन उत्पादनमा कुनै असर गर्दैन । –स्वास्थ्यखबरबाट