बागलुङ, ३ माघ – मालिका सेवा समाज बागलुङले क्यान्सर पीडित र आँखा रोगीलाई सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । बा.न.पा.– ८ भान्साका क्यान्सर पीडित चन्द्रबहादुर पौडेललाई १० हजार तथा मालिका–५ मा बसोबास गर्ने नगेन्द्र कंडेललाई ५ हजार रकम हस्तान्तरण गरेको हो । सोही अवसरमा क्यान्सर पीडित पौडेलको उपचारको लागि स्वर्गिय ज्ञमबहादुर कार्की, मानबहादुर कार्की, चन्द्र बहादुर कार्कीको परिवारले ३० हजार, बलबहादुर केसीले १ हजार रकम हस्तान्तरण गरेका थिए । साथै आँखा रोगी कंडेलको लागि फुलप्रसाद सापकोटा १ हजार, धनबहादुर कार्की १ हजार, सन्तु शर्मा ५ सय, बलबहादुर केसी ५ सय, दुर्गा केसी ५ सय सहयोग हस्तान्तरण गरेको समाजका सचिव जीवन शर्माले जानकारी दिए । कार्यक्रममा पूर्व राज्यमन्त्री राम्जीप्रसाद शर्माले मालिका सेवा समाजले गरेको सहयोग थोरै भएपनि पीडितको उपचारमा सहज आउने भएकाले सम्पुर्णलाई सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य, क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्की, सल्लाहकार फुलप्रसाद सापकोटा, सहयोगदाता धनबहादुर कार्की लगायतले बोलेका थिए । कार्यक्रम मालिका सेवा समाज बागलुङका अध्यक्ष दुर्गाबहादुर कुँवरको अध्यक्षता, उपाध्यक्ष विष्णु कुँवरको स्वागत र सचिव जिवन शर्माको संचालनमा सम्पन्न भएको थियो । यसैगरी, गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर एकै परिवारका चार ४ जना मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्त्रण गरेका छन् । बिद्यार्थीहरुले आफुले खाने खाजा खर्च कटाएर सबै बिद्यार्थीहरु संग आर्थिक सहयोग जुटाएर मृगौला पीडितलाई उपचारको लागि सहयोग गरेका हुन् । जिल्लाको कुर्घा–३ का तिलोचन शर्माका एक छोरा दुई छोरी र श्रीमतीको मृगौलाको उपचारको लागि सहयोग गरिएको हो । उक्त सहयोग रकम एक कार्यक्रमको अबसरमा पर्बत जिल्ला क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीको हातबाट २४ हजार ३ सय ४० रुपैया हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद जोशीले बिद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर मृगौला पीडितको लागि गरेको काम उदाहरणीय रहेको बताए ।
Previous Articleखुल्ला बजार र पुराना कानुन
Next Article पुरुषले गर्ने स्थायी बन्ध्याकरण के हो ?