गर्भवती हुनु त्यसबेला सुखद हुन्छ, जुन नियोजित ढंगवाट भएको होस् । तर, कतिपय अवस्थामा नचाहेरै पनि गर्भ रहन्छ । यसरी विना योजना रहेको गर्भलाई राख्ने कि फ्याक्ने ? दम्पतीको निम्ति टाउको दुखाईको विषय बन्छ यो । पटक(पटक गर्भ पतन गराउँदा महिलाको स्वास्थ्यमा एकदमै नराम्रो असर पुग्छ । यसले कालन्तरमा पाटेघरको क्यान्सर समेत निम्त्याउने जोखिम रहन्छ । त्यसैले अप्रत्यासित एवं अनपेक्षित रहेको गर्भलाई तुहाउने काम सजिलो र राम्रो उपाय होइन । गर्भ रह्यो भन्दैमा बच्चा जन्माउने कुरा पनि सजिलो भएन । जथाभावी वच्चा जन्माउँदा हुने जोखिम आफ्नो ठाँउमा छँदैछ, त्यस वाहेक उक्त वच्चालाई हुर्काउने, बढाउने कुरा पनि आफैमा बोझिलो बन्न सक्छ । त्यसैले यौन सम्पर्कका बेला यस्ता कुरामा सावधान अपनउनु पर्छ । तर, समस्या के भइदिन्छ भने, सुरक्षाको विधी अपनाउँदा अपनाउँदै पनि गर्भ रहन सक्छ । आखिर कसरी ?
गल्ती १ः गुद्वार यौन–सम्पर्कले गर्भ रहने जोखिम बढाउँछ । किनभने योनी र गुद्वारवीचको दुरी एकदमै कम हुन्छ । त्यसैले यौन सम्पर्कका वेला निस्कने सुक्रकिट महिलाको योनीमा सजिलै प्रवेश गर्न सक्छ । गल्ती २ः हतारमा कन्डोम प्रयोग गर्दा त्यसमा प्वाल पर्न सक्छ । यस्तो प्वालवाट पुरुष सुक्रकिट योनीमा प्रवेश गर्न सक्छ । गल्ती ३ः कन्डोममा तेलको प्रयोग गर्दा पनि अनिच्छित गर्न रहने भय हुन्छ । कतिपयले तेलयुक्त कन्डोम प्रयोग गर्छन् वा कन्डोममा तेल लगाउँछन् । यसो गर्दा उक्त कन्डोम फुत्किएको थाहा हुदैन । गल्ती ४ः यदि महिलाले गर्भ नरहने औषधी सेवन गरिरहेको अवस्थामा कुनै दिन औषधी खान विर्सन सक्छ । यस्तो बेला भएको यौन सम्पर्कवाट गर्भ रहने अधिक संभावना हुन्छ । गल्ती ५ः कतिपय पुरुष आफ्नो लिंगलाई हातमा खेलाउने र त्यसैलाई महिलाको योनीमा पनि खेलाउने गर्छन् । यस किसिमको माध्यामवाट पनि पुरुष सुक्रकिट महिलाको योनीमा प्रवेश गर्न सक्छ । गल्ती ६ः पती रपत्नी एकसाथ नुहाउने क्रममा पनि यौन सम्पर्क राख्न पुग्छन् । यसवेला राखिएको यौन सम्पर्कवाट गर्भ रहने संभावना हुन्छ । –एजेन्सीको सहयोगमा