कृष्ण प्रसाद शर्मा
सरकारी जागीर खाए पछि छातीमा हात राखेर देशलाई परी आए लड्छु भन्ने प्रत्यक्ष रुपमा कसम खाने सुरक्षा निकायका सेना र प्रहरी देखी कुनै पनि लोभ लालच र भ्रष्टचार नगरी देश र जनताको सेवा गर्छु भन्ने छाती भित्र हात राखी अप्रत्यक्ष कसम खाएका निजामती कर्मचारीहरू नै स्थाई सरकार हुन । यसका अलवा एक जिम्मेवार नागरिकले जनताको सेवामा काम गर्छु भनेर कसम खाएर काम गर्नु पर्ने हो तर देशमा अहिले राजनैतिक भाग वाण्डाले चुर्लुम्म डुवेको छ ।
यो राजनैतिक भागवाण्डा केन्द्र देखी स्थानिय तह सम्म जताततै छ । स्थानिय तहको चुनाव नभएको १६ बर्ष नागी सक्यो । युवा जुजारु नेताहरू आउन सकेका छैनन् । अहिले स्थानिय तहमा बजेट पुगेको ‘सर्वदलिय सहमति’का नाममा काम गर्दछन् । यो खुलेआम राजनैतिक भागवाण्डाको उदाहरण हो । यस बाहेक स्थानिय तहमा आउने कोटाहरू चाहे शिक्षाका हुन वा अन्य किन नहुन यो भागवाण्डाको घेरामा मुक्त छैन । एउटा स्कुलको व्यवस्थापन समितीको अध्यक्षमा समेत मारामार भएको उदाहरण हाम्रै आँखा अगाडी छर्लङ्ग छ । यस बाहेक कर्मचारीको सरुवा बढुवाका कुरै नगरौ । सामान्य खरदारको सरुवाको गर्ने काम नेताको गोजीको लिस्टमा हुन्छ । स्वतन्त्र लेखक आनन्द राम पौडेल भन्नुहुन्छ पार्टि सर्वप्रथम शिक्षकमा पस्योस निजामति, प्रहरी, विश्वविद्यालय हुँदै न्यायपालिकालाई त पार्टिकरणको डम्पिङसाइड नै बनाईदिए । केही बाँकिरहेन । यदि यहि वाक्यांशलाई ईतिहासका प्रत्येक घटना सगँ जोडेर हेरौ अनि बुझ्न सकिन्छ भागवण्डाको राजनीति ।
यहाँ कुनै व्यक्ति विशेष वा पार्टिलाई उचाल्न र पर्छान आवश्यक छैन । बगेको नदिको किनारमा बसेर केही बेर हेर्नुस् यहाँ केके बगेर आउँछ जसको नाम लेखेर र गनेर साध्य छैन । पंचायती व्यवस्था हुकुमले चल्यो भने, राजाले टिपेर राखेका मान्छेले देश बिगारे भन्यौ । लोकमान अख्तियारको प्रमुख सम्म आउन सफल पनि शुरुमा टिपिएकै हुन । यहाँ प्रत्येक पार्टिमा लोकमान छन् । नाम र ठाम आँफै पत्ता लगाउनुस् । विश्वविद्यालय एक प्राज्ञिक ठाउँ हो, त्यहाँ कति सम्मको राजनैतिक भागवाण्डा हुन्छ भन्ने कुरा उपकुलपतिको नियुक्तिसम्म हुन सकेको छैन । डाक्टर गोबिन्द के.सी कसैको लहडमा अनशन बसेका होईनन् । मौरीको गोलामा ढुङ्गा हान्नु जस्तो कसैको लहडमा बसेका थिएन कि यस्तै देखि नसक्नु न सुनि नसक्नु भएर यो नालीको एक छेउ स्वास्थ हो भनेर सफा गर्न कस्सिएका थिए ।
जुनसुकै सरकार फेरिए पछि पनि त्यो सरकारको पहिलो काम आफ्ना मान्छेलाई राजनैतिक नियुक्ति मार्फत त्यो ठाउँमा पु¥याउने हो जसमा बिपक्षीको पहिलै राज छ । बर्खास्ती र नियुक्तिको निरन्तरता र त्यस माथीको क्रमभंङगता । संस्थान एक किसिमले खुलेआम राजनैतिक नियुक्ति गर्ने अखडा नै भएको छभने राज्यको निस्पक्ष सुचना दिने ठाउँमा समेत राजनैतिक नियुक्ति भटाभट भईरहन्छ । एउटा मात्रै पद भए सत्ता पक्षको र्निविवाद रुपमा नियुक्ति हुन्छ भने एक भन्दा बढी भयो भने अनी भागवाण्डा शुरू हुन्छ । भुकम्प गएको २० महिना हुँदा समेत जनताको बास पालमुनी हुनुको प्रमुख कारण यही राजनैतिक भागवाण्डा हो । काँग्रेस र एमालेले तीन महिना आफ्नो मान्छे राख्ने ईच्छाले त्यसै ढिला भयो । त्यस पछि दिनु नपर्ने तर केवल बोले मात्रै हुने लाखका बेखेडमा काँग्रेसको संसद अवरोध यो पनि राजनैतिक खेलको परिणाम बन्न पुग्यो ।
कतिपय संस्थानमा राजनैतिक नियुक्ति गरेर पनि आउने रकम जो सत्तामा आए पनि पुर्याईदिने भए पछि फेर्न नपरेका पनि छन् । राजनीति यसरी कर्मचारी देखी संबैधानिक तह सम्म पुग्यो कि अब आउँदा दिनमा जनताले पाउने न्याय र सुरक्षा जस्ता तमाम कुराहरू कसरी निश्पक्ष र पारदर्शि होला भन्न संकिदैन । अस्ति मात्रै बिमा संस्थानको अध्यक्षमा नियुक्ति गरियो । प्रतिस्पर्धामा धेरै थिए त्यहाँ योग्यको लडाँई थिएन प्यानल प्यानलको प्रतिनिधित्वको थियो । यसको को आयो त्यो सवाल होईन मात्र यहाँ प्रवृतिको कुरा गर्न खोजिएको हो ।
लामो समयपछि के.पी ओली सरकारको पालामा राजदूतको नियुक्ति भयो त्यहाँ पनि राजनैतिक कोटाकै आधारमा गरियो । राजदूतमा कर्मचारीबाट जाने पनि गोजीमा राजनैतिक दलको टिकटै नभए पनि संघ र संगठनमा लागेका एवं नलागे पनि उनीहरूका व्यवहारले उनीहरू कुन पार्टिसँग नजिक छन् त्यो छलङ्ग हुन्छ । पछिल्लो पटक न्यायधीशहरूको नियुक्तिमा चरम राजनैतिक भागबण्डाको गन्धले न्यायलयलाई दुर्गन्धित बनाएको छ । न्याय मरे पछि सबै सकिन्छ भनिन्छ तर त्यही ठाउँमा यस किसिमको राजनैतिक बिलो लगाउनु ठूलो चिन्ताको बिषय हो ! न्यायधीशलाई जय नेपाल र लाल सलाम श्रीमान् भन्नु पर्ने दिन आएको छ । सुरक्षा निकाय जति संवेदनशील छ त्यो भन्दा बढी न्यायलय हुनुपर्ने हो । आखिर न्यायलयमा न्याय नपाउने भए पछि गरीब जनता कहाँ जाने । जुन–जुन देशमा जहाँ न्याय हराए ती देश इतिहासमा पनि हराएका उदाहरण छन् । हामी यातायातमा सिन्डिकेटले गर्दा नयाँ व्यवसायीले प्रवेश हुन नसकेर जसरी मनपरि लिएको र भेडाबाख्रा झै कोचिएर हिँडेका छौ । त्यस्तै गरी राजनैतिक दलको सिण्डिकेटले अब देशका कुनै पनि भाग राजनैतिक भागवाण्डा विहिन छैन । स्कुलको शिक्षक देखी विश्वविद्यालयको प्राध्यापक सम्म राजनैतीक घेरामा छन् भने अब कहिले देखि अस्पतालमा समेत डाक्टर राजनैतिक भागबाण्डाका आधारमा नियुक्त हुने हुन र बिरामीले आफ्नो पार्टिको नपाए सम्म उपचार नहुने हो । यस्ता राजनैतिक भागवाण्डामा हाम्रा नागरिक समाज दबाब दिनु पर्ने हो तर निश्पक्ष नागरिक समाज मरिसकेको छ । मान्छेहरू प्रायः बिकेका छन् । यदि नयाँ बिकल्प दिने गरी कुनै पार्टिको उदय भएन र पुराना पार्टिले चेतेनन भने हामी अहिले र पछि सन्ततिको जीवन अध्यारो बाहेक केही छैन ।