काठमाडौं, १ माघ – कबड्डी कबड्डी फिल्मको चर्चित गीतबाट टिपिएको नाम ‘लप्पन छप्पन’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ। कबड्डी कबड्डीमा जस्तै सौगात मल्ल र दयाहाङ राई यसमा पनि दोहोरिएका छन्।
‘लप्पन छप्पन’मा यी दुईबाहेक वर्षा सिवाकोटी, अर्पण थापा, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेललगायतले अभिनय गरेका छन्। मुकुन्द भट्ट निर्देशनमा बन्ने फिल्ममा छायाङ्कन पुरुषोत्तम प्रधानको र सुरेन्द्र पौडेलको सम्पादन रहनेछ। फिल्म चैतको दोस्रो हप्ता सार्वजनिक हुनेछ।
Previous Articleनेपाली गोरु जुधाइ ‘बुल फाईट’ (फोटो फिचर सहित)
Next Article राष्ट्रवादको उल्टो गंगा