अमृत बास्कुने
पछिल्लो समय देशमा राम्रा चलचित्रहरु निर्माण भै रहेको भए पनि म्याग्दीमा हल सञ्चालन नहुँदा समस्या भएका दर्शकहरुका लागि अब बेनीमै चलचित्र हल सञ्चालनमा आएको छ ।
बेनी नगरपालिका–८ बेनीका अनोद श्रेष्ठले शिब चलचित्र मन्दीर सञ्चालनमा ल्याउनु भएको हो । म्याग्दीमा हाल कुनै पनि चलचित्र हल नभएकोमा श्रेष्ठले आवश्यक प्रकृया पुरा गरेर हल सञ्चालनम ल्याउन लाग्नु भएको हो । सम्पूर्ण तबरले प्राविधिक कामहरु पुरा भएको छ अब मंलबारदेखि चलचित्र प्रदर्शन गरिन्छ– अनोद श्रेष्ठले जानकारी दिनुभयो ।
म्याग्दीमा लामो समय सम्म चलचित्र प्रदर्शन हुन सकेको थिएन । हल तथा अन्य प्राविधिक पाटोहरुले गर्दा केही ढिलाइ भएको भए पनि अहिले सबै प्रकृया पुरा भएकोले मंगलबार देखि हामीले नेपाली कथानाक चलचित्र सारंगी प्रदर्शन गरेर शुभारम्भ गर्दै छौं श्रेष्ठले भन्नुभयो । साउण्ड क्वालिटि र पिक्चर क्वालिटिका साथै सकभर आरामदायी बसाइको व्यवस्था सहित हल व्यवस्थापन भएकोले गर्दा चलचित्र हेर्न चाहने दर्शकहरुका लागि हामीले सेवा दिन आतुर छौं–उहाँले सुनाउनुभयो । हलमा चलचित्र हेर्नका लागि प्रतिक टिकट मुल्य दुई सय रुपियाँ निर्धारण गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
Previous Article७९ दिने तालिम सकेर दिपशिखा माविका विद्यार्थी नवलपरासी प्रस्थान
Next Article जनताको सेवामा तल्लीन मुस्ताङका मुखिया