नेपाली गोरु जुधाईले त्यहाँ पुगेका विदेशी तथा स्वदेशी दर्शकलाई भरपुर रमाइलो प्रदान गरेको अवलोकर्ताहरुले बताए । माघे संक्रान्तिका दिन घरमा घिउ, चाकु, तरुल, खिचडी खाएर मनाइने गोरु जुधाईको प्रचलन रसुवा—नुवाकोट सीमा बेत्रावतीमा कायम नै रहेको छ। आफ्ना सन्तानझैं स्याहार र सुसार गरेर हुर्काएका गोरुधनीले जुधाउनकै लागि गोरु पाल्ने चलन छ ।
‘आफूले भात तरकारी खाएपनि गोरुलाई वर्षभरी पिठो र मास खुवाएर बलियो बनाउने गरिन्छ,’ कल्याणपुर–१ हर्कपुरका कृष्णबहादुर बिकले भने । गोरु जुधाई प्रतियोगितामा संस्कृति पहिचान र पर्यटनक्षेत्रलाई निरन्तरता दिनलाई गोरु जुधाई गरिएको गोसाईंकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले बताए ।
बेत्रावतीमा नेपाल–चीन र भोट युद्धपछि सम्झौता भएको सम्झनामा हरेक वर्ष माघ १ गते गोरु जुधाउने चलन छ । सन्धीपछि त्यतिबेला बूढापाकाले तीन हल गोरु खेतको गह्रामा जुधाएको किंवदन्ती रहेको स्थानीय चक्रबहादुरले बताए । गोरु जुधाई प्रतियोगिता हेर्नका लागि काठमाडौं, धादिङ, ललितपुर, नुवाकोट र रसुवा लगायत ठाउँबाट हजारौं दर्शकहरु आएका थिए ।
बेत्रावतीको गोरु जुधाई प्रतियोगिता बीचमा छुटेर पनि ७/८ वर्षदेखि निरन्तरता पाएको छ भने उता तारुकाले भने जुधाई गर्दै आएका छन् । गोरु जुधाईमा चरण गत रुपमा क्रमश पहिलो, दोस्रो, तेस्रो, सहभागी र उत्कृष्ट गोरुलाई केही रकम सहित पुरस्कृत गरिएको थियो ।
त्यसैगरी जिल्लाको दक्षिण भेग तारुकामा १८ हल गोरु जुधाइएको थियो । त्यहाँको गोरु जुधाई एकसय वर्ष पुरानो भएको स्थानीय बुढापाकाहरु बताउँछन् । किंवदन्ती अनुसार उता तारुकामा भने बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा वि.सं १९७८ मा नुवाकोटको तारुका–५ चाँदनीमा मामाले भाञ्जाको स्वागत गर्न बाजागाजासहित गोरु जुधाएको थिए । यो परम्परा तारुकाको स्थानीय झिंकटी घरबाट सुरु भएको थियो ।
नेपाली गोरु जुधाइ ‘बुल फाईट’ (फोटो फिचर सहित)
Previous Articleउच्च रक्तचाप भएको कसरी थाहा पाउने ?
Next Article दया र सौगातको ‘लप्पन छप्पन’को ट्रेलर सार्वजनिक