बागलुङ नगरपालिकाको २२ औ नगर परिषदबाट पारित नीति, कार्यक्रम तथा वजेट सार्वजनीक समारोहका प्रमुख अतिथि नेपाल सरकार,संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सह–सचिव श्रीमान केदारनाथ शर्माज्यू, विशिष्ठ अतिथि बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान भागिरथ पाण्डेज्यू, स्थानीय विकास अधिकारी ज्यू, जिल्ला स्तरिय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, छिमेकी नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत ज्यूहरु, विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, नगर स्तरिय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, पूर्व नगर संयन्त्रका पदाधिकारी ज्यूहरु, पूर्व नगर उपप्रमुखज्यू एवंं निर्वाचित जन प्रतिनिधि ज्यूहरु, नगर विकास समितिका अध्यक्ष ज्यू, उद्योग वाणिज्य संघका अध्यक्ष ज्यू, एकीकृत योजना तर्जुमा समितिका सदस्य ज्यूहरु, क्याम्पस प्रमुख ज्यू, महिला, आदिवासी, जनजाति, दलित अपांग र वालवालिका नगर समन्वय समितिका उपाध्यक्ष एवं प्रतिनिधिज्यूहरु, स्थानीय शान्ति समितिका अध्यक्ष एवं सदस्य ज्यूहरु, वडा नागरिक मञ्चका अध्यक्ष एवं सम्पूर्ण सदस्यज्यूहरु, पत्रकार महासंघका अध्यक्ष एवं पदाधिकारी ज्यूहरु, गैर सरकारी एवं सामुदायिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, टोल विकास समितिका अध्यक्ष एवं सदस्यहरु, नागरिक सचेतना केन्द्रका अध्यक्ष एवं सदस्यहरु, फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरु, राजनैतिक, सामाजिक, शैक्षिक क्षेत्रमा क्रियाशिल विशिष्ट महानुभावहरु, संचारकर्मी पत्रकार मित्रहरु लगायत सम्पूर्ण अतिथि ज्यूहरु, नगरवासी सम्पूर्ण महिला तथा सज्जनबृन्द, कर्मचारी मित्रहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु ।
सर्वप्रथम यस पावन अवसरमा म राष्ट्र र जनताका लागि आफ्नो जीवन समपर्ण गर्नु हुने ज्ञात अज्ञात वीर शहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु । साथै यस नगरपालिकाका पूर्व निर्वाचित प्रमुख लगायत अन्य स्वर्गारोहण हुनु भएका पूर्व जनप्रतिनिधि प्रति समेत हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहान्छु । शहीदहरुका सपना र अग्रजहरुका मार्गदर्शन अनुरुपको नयाँ नेपाल निर्माणलाई सार्थक तुल्याउने यात्रामा हामी सवैलाई प्रेरणा मिल्ने अपेक्षा गर्दछु । साथै यस बागलुङ नगरपालिकाको २२ औ नगर परिषदको सार्वजनिक समारोहमा उपस्थित भई यस समारोहको गरिमा वढाई दिनु हुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, एवं अन्य अतिथिज्यूहरु र सम्पूर्ण महानुभावहरु प्रति हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्न चाहान्छु ।
बागलुङ जिल्लाको जिल्ला सदरमुकाम, पौराणीक एवं धार्मिक नदी कालीगण्डकीको किनार, पवित्र धार्मिक स्थल कालिका भगवतीको काखमा अवस्थित समग्र जिल्लाको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, शैक्षिक दृष्टिले महत्वपूर्ण केन्द्रको रुपमा रहेको यस बागलुङ नगरपालिकाको २१ औ नगर परिषद मार्फत आ.व. २०७४/०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउदा म अत्यन्तै गौरवान्वित र खुसी भएको छु । जनताले आफ्नो आवश्यकता लाई सम्बोधन गर्ने योजना आप¥नै सहभागितामा छनौट सर्न सकुन भन्ने सहभागितामूलक योजना तर्जुमा प्रक्रियाको अवधारणा अनुरुप सवै वडा वासीहरुको व्यापक सहभागिता र वडा नागरिक मञ्चको पूर्ण सक्रियतामा वडा स्तरिय योजना तर्जूमा तथा विषयगत योजना तर्जुमा गोष्ठी हुँदै एकीकृत योजना तर्जुमा गोष्ठीमा विभिन्न सरोकारवालाहरु संग अन्तरक्रिया, छलफल र समन्वय गरी नगरपालिकाको वोर्ड बैठकबाट पारित आगामी आ.व. २०७४÷०७५ को वार्षिक नगर विकास योजनाको प्रस्तावित नीति, कार्यक्रम तथा बजेट सहित यहाँहरु सामु उपस्थित भएको छु । हामी अपेक्षा गर्दछौ, प्रस्तुत नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्ने समयसम्ममा हाम्रा स्थानीय निकायहरुमा निर्वाचित जन प्रतिनिधिहरु वहाल भई राजनैतिक स्थिरता सहित यी निकायहरुले पूर्णता प्राप्त गर्नका साथै संघीयताको कार्यान्वयनका साथ स्थानीय निकायहरु स्थानीय तहमा परिणत भै काम कर्तव्य अधिकार र कार्यक्षेत्र विस्तार भै स्थानीय सरकारको रुपमा स्थापित हुनेछन । साथै स्थानीय स्त्तरमा उपलब्ध हुने श्रोत, साधन, सीप र प्रविधिको अधिकतम परिचालन गर्दै स्थानीय आवश्यकता अनुरुपका विकास कार्यक्रम संचालन गरी जन आवश्यकता अनुसार सेवा प्रवाह गर्न स्थानीय तहहरु सक्षम एवं सशक्त हुनेछन् ।
प्रस्तुत नीति, कार्यक्रम तथा वजेट स्थानीय स्वायत्त शासन ऐन, २०५५, नियमावली २०५६, स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ तथा सो सम्बद्ध नियमावली एवं कार्यविधिहरुले निर्दिष्ट गरेका योजना प्रकृयालाई अवलम्बन गरी सहभागिता मुलक ढंगले तर्जुमा गरिएको छ । विशेष गरी नगरपालिकाको आवधिक योजना, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त मार्ग दर्शन, त्रिवर्षिय योजना, सहस्रब्दी र दीगो विकास लक्ष्य, क्षेत्रगत राष्ट्रिय नीतिहरु एवं योजना तर्जुमाका क्रममा विभिन्न तहबाट प्राप्त हुन आएका सुझावहरु, गत तथा चालु आ.व. का नीति तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारिताबाट प्राप्त सिकाईहरु समेतका आधारमा आगामी आ.व. का लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तयार गरिएको छ । यस नीति, कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट नगरपालिकाले लक्षित गरेका उदेश्यहरु हासिल गर्नका साथै राष्ट्रिय लक्ष्य हासिल गर्न समेत टेवा पुग्न जाने विश्वास लिईएको छ ।
राष्ट्रिय विकासका दृष्टिले बागलुङ नगर क्षेत्र नेपालको पूर्व पश्चिम जोड्ने मध्य पहाडी लोकमार्ग तथा उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको त्चबलकष्त एयष्लत मा पर्ने भएकोले यसको व्यापारिक तथा पर्यटकीय महत्व अपार रहेको छ । यस नगरपालिकाको प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विविधता एवं भौगोलिक अवस्थितिका आधारमा विकासका पूर्वाधारहरु तय गर्दै जानु पर्ने विधमान अवस्थालाई मध्यनजर गर्दै यस नगरपालिकाले नगरलाई “मध्यपहाडि व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर, समृद्ध, सांस्कृतिक बागलुङ नगर” को दीर्घकालिन ख्ष्कष्यल तय गरी नगर विकासका समग्र योजना तथा कार्यक्रमहरु तय गर्दै कार्यान्वयन गर्दै आईरहेको छ । स्थानीय तहमा क्रियाशिल राजनैतिक दलहरु, स्थानीय समुदाय र नगरपालिकाको संयुक्त प्रयासमा स्थानीय श्रोत, साधन र क्षमतालाई अधिकतम रुपमा परिचालन गरी सामाजिक, आर्थिक तथा संस्थागत र भौतिक पूर्वाधार विकास एवं क्षमता विकासका कार्यक्रमहरु मार्फत विकासका प्रयासहरुलाई अगाडि वढाईएको छ । हामीसंग उपलब्ध अपार प्राकृतिक सम्पदाहरु, पर्यटकीय संभावनाहरुलाई महत्तम रुपमा उपयोग गरी सन्तुलित विकासका लागि श्रोत परिचालन गर्नु पर्ने चुनौती हाम्रा सामु विधमान रहेको छ । नगरका धेरैजसो वडाहरु पहाडी भेकको रुपमा रहेका र त्याहा अझै पनि आधारभुत पूर्वाधारहरु पुग्न सकेका छैनन् । युवा शक्ति रोजगारीका सिलसिलामा विदेशियका कारण कृषि उत्पादन ह्रासोन्मुख रहेको छ । न्यून श्रोत साधनका कारण नगरवासीहरुको माग र चाहना अनुसार आधारभूत संरचनाहरुको निर्माणका साथै संभावित सम्पदाहरुको यथोचित विकास, प्रचार, प्रशार प्रवद्र्धन गर्न सकिएको छैन । बागलुङ नगर समग्र बागलुङ जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेकोले यस नगरलाई केन्द्र बनाई नेपालको प्रसिद्ध ढोरपाटन शिकार आरक्षसम्मको पर्यटकीय मार्ग निर्माण गर्न आवश्यक रहेको तथ्यलाई संस्थागत रुपमा उठाउदै यस नगरका पर्यटन विकासका संम्भावना बोकेका क्षेत्रहरु कालिका भगवती , सर्वसिद्धिधाम, मुक्तिनाथ वेद विद्याश्रम, निरयघाट तथा खुदुर्केघाट, कैलाम पोखरी, मालिका भगवती, कारीकोट, माझकोट, रायरायकोट, संसारकोट, काली गण्डकी र काठेखोला जस्ता क्षेत्रहरुको अध्ययन गरी बागलुङमा धार्मिक, सांस्कृतिक, प्राकृतिक, जैविक तथा पर्यावरणीय पर्यटनका संभावना र अवसरहरुको उपयोग गर्दै जानु पर्ने अवस्था विधमान रहेको छ ।
नगरपालिकालाई प्राप्त सीमित कराधार र त्यसको पूर्ण उपयोग गर्न सक्ने नगरपालिकाको कमजोर आन्तरिक क्षमताका कारण आन्तरिक आयमा समयानुकुल बृद्धि हुन नसकेको यथार्थता र अर्को तर्फ नेपाल सरकार तथा दातृ निकायबाट प्राप्त हुने अनुदान सहयोग तथा कार्यक्रममा उत्साहजनक रुपमा बृद्धि हुन सकेको छैन । जसका कारण नगर विकासका आवश्यकीय पूर्वाधार निर्माणका कामहरुमा प्रर्याप्त मात्रामा श्रोतको विनियोजन गर्न सकिएको छैन । उल्लेखित चुनौतीहरुको समाना गर्न सरकार, गैर सरकारी, नीजिक्षेत्र एवं स्थानीय समुदायको अग्रसरता, सहयोग, समन्वय, सहभागिता, सहमती र समझदारीबाट मात्र संम्भव रहेको छ । यस अवस्थामा हामीले रोजगारी र आय आर्जनका अवसरहरु बृद्धि गर्न कृषि उत्पादनमा बृद्धि, पशुजन्य व्यवसायको संरक्षण र विविधिकरण, सहकारी प्रवद्र्धन, आधारभूत शहरी पूर्वाधारहरुको विकास ग्रामीण र शहरी क्षेत्र वीचको अन्तर सम्बन्ध कायम गर्दै उत्पादशील क्षेत्रमा लगानी अभिबृद्धि गरी विकास प्रकृयामा सवै वर्ग, क्षेत्रका समुदायहरुलाई परिचालन गर्न सकेमा मात्र परिर्वतनमुखी र परिणाममुखी विकास संभव हुने देखिन्छ । यस अवसरमा समावेसी समन्यायिक तथा परिणाममुखी विकासको प्रयासमा जुट्न समस्त उद्यमी, व्यवसायी, नागरिक समाज, राजनैतिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी निकायहरु स्थानीय समुदायहरु, संघ संस्थाहरु एवं सम्पूर्ण नगरवासीहरुमा हार्दिक अपिल गर्दछु ।
नगरपालिका सरकारको कुनै क्षेत्रगत÷विषयगत कार्यालय मात्र नभएर जनताको सवैभन्दा नजिकको सरकार हो । स्थानीय सरकारको रुपमा जनताका प्रत्यक्ष सरोकार सम्पूर्ण पक्षहरुको सम्बोधन गर्नु पर्ने यस्ता महत्वपूर्ण निकायहरु लामो समयसम्म जनप्रतिनिधि विहिन रहनु आफैमा ठुलो विडम्बनाको रुपमा रहेको छ । यस जन प्रतिनिधि विहिन जटिलता एवं विषम परिस्थितीमा पनि नगर स्तरिय राजनैतिक दलका पदाधिकारी ज्यूहरुसंग उच्चतम समन्वय कायम गरी उपलब्ध सीमित श्रोत र साधनको अधिकतम परिचालन गर्दै वढदो शहरीकरणको व्यवस्थापन तथा जनतालाई आधारभुूत शहरी सेवा उपलब्ध गराउने काममा कुनै किसिमको कमी कमजोरी हुन नदिन सिंगो नगरपालिका परिवार जिम्मेवार भई निरन्तर प्रयासरत रहेको कुरा यहाँहरु सवैमा अनुरोध गर्न चाहान्छु । साथै वर्तमान परिस्थितिमा समुदायमा आधारित वडा नागरिक मंञ्च, टोल विकास संस्था, नागरिक सचेतना केन्द्र, नागरिक समाज एवं विभिन्न पेशागत संघ संगठनहरुले, नगरपालिका र नगरवासी वीच एक विश्वासिलो सेतुको रुपमा काम गरी आएको छ । निर्वाचित जनप्रतिनिधिहरुको व्यवस्था हुन नसके तापनि जनमुखी एवं जिम्मेवार राजनैतिक दलहरुको सहमती, समन्वय, सहयोग र सहकार्यमा बागलुङ नगरपालिका आफ्नो घोषित लक्ष्य हासिल गर्न अविचलित रुपमा कार्यरत रहेको व्यहोरा निवेदन गर्न चाहन्छु । यद्यपि हामी कर्मचारीहरुबाट जनप्रतिनिधिको भूमिका समेत निवाह गर्नु प्रजातन्त्र एवं लोकतन्त्रको मर्म विपरित हुने वास्तविकतालाई दृष्टिगत गर्दै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको यथाशिघ्र परिपूर्तिका लागि यस गरिमामय सभा मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।
धौलागिरी अञ्चलकै सदरमुकामको रुपमा स्थापित यस नगरमा बढदै गएको शहरीकरण र जनसंख्या बृद्धिको चापले सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य जस्ता शहरी आधारभूत सेवा सुविधाको मागमा थप दवाव पर्न गएको र यसलाई सम्बोधन गर्ने सन्दर्भमा व्यवस्थित शहरीकरण तर्फ ध्यान पु¥याउदै नगरको एक छुट्टै पहिचान कायम गर्न ढिलो गर्न नहुने तर्फ सम्पूर्ण नगरवासीहरु चनाखो हुनु पर्ने देखिन्छ । यसका लागि नगरको क्षेत्रगत दीर्घकालिन नीति तर्जुमा गरी कार्यान्वयन गर्नका लागि विकासका साझेदारहरुको पहिचान र उपयोग जस्ता विषयमा परम्परागत ढंगबाट मात्र नभई दीर्घकालिन एवं रणनीतिक दृष्टिकोणबाट सोच्न र सोही अनुसार अल्पकालिन, मध्यकालिन, दीर्घकालिन योजना सहित अघि वढनु पर्ने वेला आईसकेको तथ्य पनि यस अवसरमा अनुरोध गर्न चाहन्छु । व्यवस्थित वस्ती विकासको योजनालाई समयमै कडाईकासाथ कार्यान्वयनमा ल्याउन नसकिएकोले शहरी वडाहरुमा जग्गाहरु अति खण्डीकरण भएका र सडकहरु सागुरा भई घना वस्ती क्षेत्र कष्टकरपूर्ण वन्दै गएका छन् । जसका कारण वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ लागु गर्न समेत कठिनाई उत्पन्न भएको व्यहोरा समेत अवगत गराउन चाहन्छु ।
यस नगरपालिकामा रणनीतिक हिसावले आर्थिक तथा सामाजिक विकासका प्रचुर संभावना हुँदा हुँदै पनि आन्तरिक श्रोत र साधनको न्यूनताका कारण हाम्रा विकासका प्रयासहरु नेपाल सरकारको अनुदानमा नै पूर्ण निर्भर र”स्हेको छ । नगरपालिका लाई प्राप्त सीमित श्रोत साधनबाट नगरवासीहरुका असीमित आवश्यकताहरु पूरा गर्न अवश्य निकै कठिनाई छ । तथापि उपलब्ध श्रोत र साधनको महत्तम उपयोग गर्दै योजना तर्जुमा गर्दा सवै वर्ग क्षेत्र, लिङ, समुदायको सहभागिता रहन सकोस भन्ने तर्फ ध्यान दिदै सरोकारवाला वर्ग, क्षेत्रबाट प्राप्त सुझाव एवं मागहरु लाई प्राथमिकताको आधारमा रकम विनियोजन गरी आगामी आ.व. २०७४÷०७५ को नीति, कार्यक्रम तथा वजेट कार्यान्वयनका लागि प्रस्ताव गरिएको छ ।
श्रद्धेय नगरवासी दाजुभाई तथा दिदी बहिनीहरु,
आगामी आ.व. २०७४।०७५ को नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गर्नु भन्दा पहिले गत आ.व. २०७२÷०७३ को यथार्थ आय व्यय एवं चालु आ.व. २०७३÷०७४ को संशोधित आय व्यय सम्बन्धी विवरण संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।
गत आ.व.२०७२÷०७३ का लागि केन्द्रीय अनुदान, केन्द्रीय स्तरका कार्यक्रमहरु सामाजिक सुरक्षा कार्यक्रम,उदीयमान नगरपरियोजना, आन्तरिक आय राजश्व वाँडफाँड, सामाजिक परिचालन, शहरी गरिवि न्युनिकरण कोष लगायतका कोष व्यवस्थापन, शहरी स्वास्थ्य केन्द्र सञ्चालन लगायतका शीर्षकहरुवाट कुल १६,५६,६२,६७८।६८ संशोधित आय अनुमान गरिएकोमा स्थानीय कर दस्तुर तर्पm रु १,३७,४४,६४८।६० राजश्व वाँडफाँड तर्पm रु ६९,४२,७१३।३९।–न.पा.अनुदान पुंजिगत, रु १,००,३४,०००।– स्थानीय विकास शुल्क पुंजिगत, रु ८४,४०,०००।– स्थानीय निकाय अनुदान चालु ५३,८२,०००।– शहरी शासकीय तथा क्षमता विकास कार्यक्र तर्पm रु ७३,७७,०००।– सामाजिक परिचालन कार्यक्रम केन्द्रिय अनुदान तर्पm रु ३७,३६,८०८।– जगेडा कोष कार्यक्रम र सडक वोर्ड कार्यक्रम समेतको केन्द्रीय अनुदान तर्पm रु २,३६,९९,०००।– र जगेडा कोष तथा सडक वोर्ड कार्यक्रम समेतमा भएको जनसहभागिता तर्पm रु १,३१,९७,८४४।– सौर्य सडक वत्ति १,२०,००,०००।– उदीयमान नगर परियोजना (शहरी शासकीय क्षमता विकास कार्यक्रम) ऋृण तर्पm रु ५०,४१,१२१।– र अनुदान तर्पm १,०६,५८,३८८।– राजश्व सुधार तर्पm रु १४,७५,०००।– फोहेरमैला व्यवस्थापन, शहरी स्वास्थ्य केन्द्र सञ्चालन शान्ती समिति कार्यक्रम लगायतका अन्य विभिन्न केन्द्रीय श्रोत तर्पm रु ५९,५६,५००।– सामाजिक सुरक्षा तर्पm रु १,५३,२५,५००।– शहरी गरिवि न्युंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंनिकरण कोष लगायतका विभिन्न कोषहरु तर्पm ६१,७३,२६४।८१ जि.वि.स.वाट सरी आएका योजना २३,०५,०००।– र आ.व.०७२।०७३ वाट आ.व. २०७३।०७४ का लागि जिम्मेवारी सरी आएको न.पा. कोष तर्पmको रु २२,०३,५४४।५६ गरी जम्मा रु १५,३६,९२,३३२।३६ यथार्थ आय भएको छ ।
श्रद्धेय नगरवासी दाजुभाई तथा दिदी बहिनीहरु,
आ.व. २०७२।०७३ मा भएको यथार्थ प्राप्ती मापनका आधारमा नगरका योजना तथा कार्यक्रमहरुलाई शहरी विकास तथा भौतिक पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, स्वास्थ्य सरसफाई तथा वातावरण, प्रशासन संगठन तथा संस्थागत विकास र राजश्व परिचालन तथा व्यवस्थापन, सामाजिक सुरक्षा वृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको थियो । गत आ.व. ०७२।०७३ को कुल यथार्थ आय रु १५,३६,९२,३३२।३६ मध्ये उपभोग, कार्यालय सञ्चालन, सेवा, अनुदान तथा पुजि निर्माण तर्पmको चालु तर्पm रु १,७८,१५,१७१।८३।– सडक, खानेपानी, भवन निर्माण लगायतको पुर्वाधार विकास तर्पm रु ५,१३,४८,६७५।६६, पार्क उद्यान, खेलकुद, लक्षित वर्ग सशक्तिकरण तथा सामाजिक परिचालन समेतको आर्थिक तथा सामाजिक विकास तर्पm रु ३,५६,१०,६८७।५८ स्वास्थ्य सरसफाई वातावरण संरक्षण तथा ल्याण्डफिल साईट निर्माण तर्पm १,०४,१३,१७१।– सामाजिक परिचालन तथा संस्थागत क्षमता विकास तर्पm रु ८१,७६,२७७।८३ सवारी साधन खरिद तर्पm रु ३३,३४,३४५।–संस्थागत विकास तथा राजश्व सुधार तर्पm १५,७०,८९०।– सामाजिक सुरक्षा तर्पm रु १,५३,२५,५००।– गरी जम्मा रु १४,३५,९४,७१८।९० यथार्थ खर्च भै भुक्तानी दायित्व सहित विभिन्न कोष तर्पm मौज्दात रु १,००,९७,६१३।४६ चालु आ.व. २०७३।०७४ का लागि जिम्मेवारी सरी आएको व्यहोरा प्रस्तुत गर्न चाहन्छु ।
श्रद्धेय नगरवासी दाजुभाई तथा दिदी बहिनीहरु,
यस अवसरमा आ.व. २०७२।०७३ तथा यसपुर्व नगरपालिकावाट भए गरेका केहि महत्वपुर्ण कार्यहरु संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।
आप्mनै भवनवाट कार्यसम्पादनको थालनी, नगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा, नगर क्षेत्रका जेष्ठ नागरिकको निशुल्क आँखा जाँचका लागि अक्षयकोष स्थापना, नगरको शहरी क्षेत्रमा दुई आना भन्दा कम क्षेत्रफलमा नक्सा स्वीकृति नदिने व्यवस्था, समयमा र सवै भन्दा वढी कर तिर्ने एक करदातालाई सम्मान, दशकौं लामो समस्याको रुपमा रहेको माझी वस्ती व्यवस्थापनका लागी जग्गा खरिद, तथा माझी वस्ती पुनस्थापनाको लागी नगर विकास कोषसंगको साझेदारीमा वस्ती विकासको प्रकृयागत थालनी, वृहत वसपार्क निर्माणका लागी जग्गादाताहरुवाट १७.५ रोपनी जग्गा निशुल्क रुपमा प्राप्ती, नगरको ग्रामिण क्षेत्रलाई शहरी सेवा सुविधाको पंहुचमा वृद्धि गर्नका लागी वागलुङ नगर चक्रपथ स्तरोन्नती, शहीदहरुको सम्मानमा स्थापित शहिद स्मृति पार्कको स्तरोन्नतीको लागि नेपाल सरकार विश्व वैंक र वागलुङ नगरपालिकाको संयुक्त प्रयाशमा शहरी शासकीय क्षमता तथा विकास कार्यक्रम अन्तर्गत उदियमान नगर परियोजनाको कार्यान्वयन, नगर चक्रपथमा नगर वस सञ्चालन, एकीकृत सम्पत्ति कर प्रणालीको कार्यान्वयन, नगरका वालविकास केन्द्रहरुको दिगो व्यवस्थापनका लागि अक्षय कोषकोे स्थापना, नगरका विपन्न वर्गलाई लक्षित गरी शहरी गरिवी न्य्ुनिकरण कोष स्थापना, र सहुलियतपूर्ण व्याजदरमा व्यवसायीक ऋृण प्रवाह, कालो प्लाष्टिक मुक्त नगरको घोषणा, ल्याण्डफिल साईट निर्माणका लागि आप्mनै जग्गाको व्यवस्था, नगरलाई पुर्ण साक्षर नगर घोषणा, वृहत वसपार्क निर्माणको विस्तृत आयोजना अध्ययन,फोहोरमैला व्यवस्थापन कार्य निजि क्षेत्रलाई जिम्मेवारी दिईएको, १६९ वटा सौर्य सडक वत्ति जडान, शहरी स्वास्थ्य केन्द्रको स्थापना र सञ्चालन तथा नगर चक्रपथ स्तरोन्नतीका कार्यहरु जस्ता उपलव्धीहरुलाई उल्लेख गर्न चाहन्छु ।
श्रद्धेय नगरवासी दाजुभाई तथा दिदी बहिनीहरु,
अव म चालु आ.व. २०७३÷२०७४ का लागि संशोधित आय व्यय विवरण तथा कार्यक्रमहरु संक्षेपमा प्रस्तुत गर्न चाहन्छु स्थानीय कर दस्तुर तर्पm रु १,५०,०००००।–,राजश्व वाँडफाँड तर्पm रु ७६,५०,०००।– केन्द्रिय अनुदान तर्पm न.पा.अनुदान चालु तथा पुंजिगत अनुदान तर्पm रु ४,६४,८५,०००।–,शहरी शासकीय क्षमता तथा विकास कार्यक्रम तर्पm रु ५९,३७,०००।– स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्पm रु ३८,६६,०००।– पुर्वाधार विकास कार्यक्रम तर्पm रु १,१९,७४,०००।– सडक वोर्ड कार्यक्रम तर्पm रु ६२,००,०००।–, शहरी स्वास्थ्य केन्द्र सञ्चालन तर्पm रु १६,४८,०००।– सामाजिक सुरक्षा तर्पm रु ३,२०,९९,०००।– सौर्य सडक वत्ति जडान तर्पm रु ४१,२८,०००।– फोहोरमैला व्यवस्थापन तर्पm रु ३०,००,०००।– उदियमान नगर परियोजना अन्तर्गत नगर विकास कोषवाट प्राप्त हुने ऋृण तर्पm रु १,४५,०७,११७।– र अनुदान तर्पm रु ३,०९,७६,८५४।४५ जनसहभागिता ठुला तथा पुर्वाधार विकास कार्यक्रम, सडक वोर्ड कार्यक्रम र सौर्य सडक वत्ति जडान कार्यक्रम समेत तर्पm रु १,५४,६३,०००।–, शहरी गरिवि न्युनिकरण कोष तर्पm रु ४१,००,०००।– नगरपालिका कोष तथा विभिन्न कोष तर्पm वाट जिम्मेवारी सरी आएको रु ९६,५२,३०९।४६ अन्य शिर्षक तर्पm रु ८,००,०००।– गरी जम्मा रु २१,३४,८६,२८०।९२ संशोधित आय, अनुमान प्रस्ताव गरिएको छ ।
श्रद्धेय राजनैतिक दलका प्रमुख एव्र प्रतिनिधिज्यूहरु एवं नगरवासी दाजुभाई तथा दिदी बहिनीहरु,
आ.व. २०७३।०७४ का लागि गरिएको संशोधित अनुमानका आधारमा नगरको समग्र लगानीलाई प्रशासन संगठन तथा संस्थागत विकास,शहरी विकास तथा भौतिक पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, स्वास्थ्य सरसफाई तथा वातावरण, र राजश्व परिचालन तथा व्यवस्थापन, सामाजिक सुरक्षा वृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको छ । चालु आ.व. २०७३।०७४ को कुल अनुमानीत आय रु २१,३४,८६,२८०।९२ मध्ये उपभोग, कार्यालय सञ्चालन, सेवा, अनुदान तथा पुजि निर्माण तर्पmको चालु तर्पm रु २,१८,०४,०००।– कुल वजेटको १०.२१ प्रतिशत, भवन निर्माण तथा मर्मत सुधार तर्पm रु १,०५,६२,०००।– नगर चक्रपथ स्तरोन्नती सहित सडक तथा नाली निर्माण जनसहभागिता समेत गरी रु ९,५६,३६,९७१।४६, पैदल मार्ग निर्माण सुधार तर्पm रु २६,४८,०००। गरी सौर्य सडक वत्ति जडान तर्पm रु १,०००,२५००।– अन्य योजना तथा कार्यक्रम तर्पm रु १,४१,५४,३०९।४६, पुर्वाधार विकास तर्पm रु १३,५६,१७,८०६।९२ कुल वजेटको ६३.५३ प्रतिशत, शहरी स्वास्थ्य तर्पm रु ४३,१६,०००।– स्वास्थ्य सरसफाई तथा वातावरण संरक्षण तर्पm रु ७८,७५,०००।–, गरी १,२१,९१,०००।– कुल वजेटको ५.७१ प्रतिशत, खानेपानी तर्पm २६,१४,०००।– पार्क उद्यान निर्माण तथा सञ्चालन जस्ता आर्थिक तथा सामाजिक विकास रु ३१,२८,५००।– शहरी गरिवि न्युनिकरण कोष परिचालन तर्पm रु ४१,००,०००।–, सामाजिक सुरक्षा तर्पm ३,२०,९९,०००।–, सामाजिक परिचालन तर्पm रु ४१,४६,०००।– लक्षित वर्ग महिला वालवालिका, दलित जनजाति जेष्ठ नागरिक फरक क्षमता भएका तथा पिछडिएका वर्ग सशक्तिकरण तर्पm को कुल वजेट रु १,१०,५७,०००।– मध्ये लक्षित वर्गका महिला, वालवालिका, जेष्ठ नागरिक दलित जनजाति मुस्लीम फरक अपांगता भएकाहरुकालाई प्रत्यक्ष लाभ हुने आयोजना तर्पm रु ७७,४२,०००।– र क्षमता विकास तथा आयआर्जन कार्यक्रम तर्पm रु ३३,१५,०००।– विनियोजनको अन्य विभिन्न कार्यक्रम तर्पm रु १३,००,०००।– वाँडफँड गरी क्षेत्रगत नियोजनको व्यवस्था मिलाईएको छ ।
श्रद्धेय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु एवं नगरवासी दाजुभाई तथा दिदी बहिनीहरु,
चालु आ.व. को वित्तीय अवस्था माथि उल्लेख गरिए बमोजिम भएतापनि हालसम्म सम्पादित कार्यक्रमहरुका साथै नगरपालिको लिएका नीति एवं लक्ष्य बमोजिम निम्नानुसारका कार्यक्रहरुलाई यस आ.व. बाटै कडाईका साथ अवलम्बन गरिने प्रतिवद्धता यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु
१. नगरपालिकाको आन्तरिक कर प्रणालीलाई सवल, सक्षम र प्रभावकारी तुल्याउनका लागि करको दायरालाई विस्तार गर्दै व्यवसायीक करमा आवद्ध नभएका सवै व्यवसायीहरुलाई करको दायरामा ल्याउने, करका दरहरुलाई समयानुकुल शंसोधन गरिने, एकीकृत सम्पत्ती कर असूलीमा कडाईको नीति अवलम्बन गरिने र घर वहाल करलाई समेत प्रभावकारी तुल्याउदै स्वयं घोषणाको नीति अवलम्बन गर्दै नगरपालिकाकोे आन्तरिक क्षमता अभिबृद्धि गरिने छ ।
२. नगरपालिकाको आर्थिक सामाजिक विकासको मेरुदण्डको रुपमा रहेको शहरी शासकीय क्षमता तथा विकास कार्यक्रम, उदीयमान नगर परियोजना मार्फत निर्माणधिन नगर चक्रपथको ८.०० कि.मि सडक स्तरोन्नती सहित शहीद स्मृति पार्कको निर्माण कार्य सै आ.व.मा सम्पन्न गरी संचालनमा ल्याईने छ ।
३. लामो समयको प्रयास पछि बागलुङ न.पा. वडा नं. ११ दावगरामा बृहत आधुनिक वसपार्क निर्माण गर्नका लागि स्थानीय समुदायबाट यस नगरपालिकालाई १७.५ रोपनी जग्गा निःशुल्क प्राप्त भई सकेकोले सो वसपार्क निर्माण गर्नका लागि सो को समग्र गुरु योजना र बसपार्कको म्एच् तयार गरी लगानी गर्ने उपयुक्त निकायहरुको खोजि गरी बृहत्त वसपार्क निर्माण कार्य यस आ.व.वाट अगाडि बढाईने छ ।
४. पोखरा बागलुङ राजमार्ग निर्माण गर्ने क्रममा आप्mनो परम्परागत बस्ती खनियावासवाट विस्थापित भई बा.न.पा. १ बाङ्गेचौर स्थित खेल मैदानमा अव्यवस्थित रुपमा बसोबास गर्दै आईरहेका सीमान्तकृत माझी जातिको पुनस्थापनका लागि व्यवस्थित बस्ती विकास कार्यक्रम सम्पन्न गर्न नगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा १४ (चौध) घरहरु निर्माण गरी सो बस्तीलाई खनियावासमा नै पुनःस्थापित गर्ने कार्य प्रकृया अगाडि बढाई सकिएकोले सो कार्यलाई चालु आ.व.मा पुरा गरी कम्तीमा आगामी दशैं भन्दा अगाडी विस्थापित माझी समुदायलाई पुनस्तापित गरिने छ ।
५. फोहरमैला तथा सरसफाई व्यवस्थापन कार्यमा नागरिकहरुको सहभागितालाई अभिबृद्धि गरी चालु आ.व. मै फोहरमैला संकलन तथा व्यवस्थापन कार्यमा सार्वजनिक नीजि साझेदार मोडलमा नीजि क्षेत्रसगं सहकार्य गर्दै शुल्कमा आधारित फोहरमैला प्रणालीलाई अवलम्बन गरिने छ ।
६. नगरको सवै वडाहरुमा सामाजिक परिचालन कार्यक्रम लागु भई सकेकोले सो कार्यक्रम लाई सशक्त र प्रभावकारी रुपमा संचालन गरी आर्थिक तथा सामाजिक रुपले अति विपन्न र वाञ्चितीमा परेका समुदायको आय आर्जन, क्षमता विकास र सशक्तिकरण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने छ ।
७. वडा नागरिक मंञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था मार्फत नगरपालिकाबाट संचालित आयोजनाहरुलाई प्रभावकारी एवं पारदर्शी रुपमा संचालन गर्न योजना खाता प्रणाली लागु गरी अनिवार्य रुपमा अनुगमन समिति गठन गर्नु पर्ने, रकम भुक्तानीमा सो को प्रतिवेदन समेत संलग्न गर्नु पर्ने र सार्वजनिक परीक्षण सरोकारवाला वर्गको व्यापक उपस्थितिमा गराई खर्च अनुमोदन गर्नु पर्ने व्यवस्थालाई कडाईका साथ लागु गरिने छ ।
८.नगरलाई उज्यालो वनाउने प्रयास स्वरुप नगरपालिका भित्रका मुख्य मुख्य सडक तथा वजार क्षेत्रमा विस्तार गरिएका सडक वत्तीहरुलाई क्रमशः सौर्य वत्तीमा रुपान्तरण गर्दै लगिने छ । हालसम्म करिव ४ कि.मि.सडकमा सौर्य वत्ति जडान कार्य सम्पन्न गरिसकिएको छ भने वाँकी सडक एवं सार्वजनिक स्थानहरुमा सौर्य सडक वत्ति जडान कार्य पुरा गरी उज्यालो नगर कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
९. यस नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाहरुको लगत तयार गरी उक्त जग्गाहरुको संरक्षण एवं सम्बद्धन गर्न आवश्यक पहल गरिने छ । साथै सडकहरुको लगत कट्टा गर्ने कार्यलाई वडागत रुपमा क्रमशः अगाडि वढाईने छ ।
१०. बागलुङ नगरमा संचालित साना शहरी खानेपानी आयोजनाको पाईप लाईन विस्तार गर्ने क्रममा अव्यवस्थित भै व्यवस्थित हुन वाँकी शहरी क्षेत्रका पीच बाटोहरुको निर्माण एवं मर्मत संम्भार गर्ने कार्यलाई नगरपालिका, सरोकारवाला निकाय एवं स्थानीयहरुको सहभागितामा प्राथमिकताका साथ अगाडि वढाईने छ । साथै अव उप्रान्त जो जुन निकायवाट सडक काटिन्छ उहि व्यक्ति वा निकायवाट नै उक्त सडक निर्माण गर्नु पर्ने निितलाई अंगिकार गरिने छ ।
११. २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति भएको छ । यसले हाम्रा संरचनाहरु निर्माण गर्दा पालना गर्नु पर्ने मापदण्ड र भु कम्पीय सुरक्षाका विषयमा कुनै पनि हालतमा ढिलो नगरी सुरक्षित निर्माण कार्य गर्नु पर्ने महत्वपूर्ण पाठ सिकाएको छ । यसै सन्र्दभमा नेपाल सरकारबाट बस्ती विकास, शहरी योजना तथ भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ लागु भइसकेको सो मापदण्ड अनुसार यस नगरपालिकाको २० औ नगरपरिषद्बाट पारित गरी बागलुङ न.पा. को भवन तथा योजना मापदण्ड तय गरी सकिएकोले सो मापदण्डलाई कडाईकासाथ कार्यान्वयन गर्दै भुकम्प प्रतिरोधी घर निर्माणमा जोड दिई भवन निर्माण संहिताको पालना गरिने छ ।
१२.नगरपालिकाबाट प्रवाह हुने सेवामा जनताको सहज पहुच अभिवृद्धि गर्नका लागि आवश्यकता अनुसार वडा कार्यालयलाई अधिकार प्रत्याायोजन गरी सेवा केन्द्रको रुपमा स्थापित गरी सेवा प्रवाहलाई सहज सरल र पहुँचयोग्य तुल्याउदै लगिने छ ।
१३. बागलुङ बजारका सडक चोकहरुमा अव्यवस्थित रुपमा रहेका विद्युत, टेलिफोन, केवुल लाईनका तार तथा पोलहरुलाई व्यवस्थित गरी बजारलाई सुन्दर र सुरक्षित वनाउनका साथै नगरक्षेत्रभित्र रहेका जीर्ण विद्युत पोलहरुलाई विस्थापित गरी नयाँ पोल राख्ने कार्यका लागि सरोकारवाला निकायहरुसंगको सहकार्यमा कार्यक्रम संचालन गरिने छ ।
१४. यस पूर्व नै बागलुङ नगरलाई कालो प्लाष्टिक मुक्त नगर घोषण गरी सकिएकोमा निश्चित मापदण्ड भित्रका सवै प्रकारका प्लाष्टिकलाई निषेध गर्नका लागि उद्योग वाणिज्य संघ लगायत सरोकारवालासंग समन्वय गरी प्रभावकारी कार्यक्रम अगाडि वढाईने छ ।
१५. यस नगरपालिकामा रहेका पर्यटकीय संभावनाका क्षेत्रहरु पहिचान, प्रवद्र्धन र विकास गर्नका लागि चालु आ.व.मा नै सो को पर्यटन गुरु योजना तयार गरी अन्य आवश्यक प्रकृया अगाडि वढाईने छ ।
१६. सम्रग नगरको वस्तुस्थिति झल्कने गरी न्क्ष्क् ःबउ तयार गर्ने, नगर क्षेत्रभित्र रहेका सडकहरुको वस्तु स्थिति झल्कने गरी नगर सडक गुरुयोजना तयार गर्ने कार्य गरिने छ साथै मेट्रिक सिस्टममा आधारित घर नम्वरीङ प्रणालीलाई चालु आ.व. मा शुरु गरी आगामी आ.व. सम्ममा यस नगरका सवै शहरी वडाहरुमा घर नम्बरीङ कार्य सम्पन्न गरिने छ ।
श्रद्धेय नगरवासी दाजुभाई तथा दिदी वहिनीहरु ः
आगामी आ.व. २०७४÷०७५ को नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि प्रस्ताव गर्दा विगतमा सम्पन्न नगरपरिषदहरुबाट स्वीकृत शहरी विकास तथा भौतिक पूर्वाधार नीति, कृषि, पशु तथा सहकारी नीति, पर्यटन, युवा तथा खेलकुद र शिक्षा नीति, महिला, वालवालिका तथा विपन्न दलित, आदिवासी, जनजाति, अपाङ्ग, पिछडिएको वर्ग सम्बन्धी नीति, संचार क्षेत्र एवं पत्रकारिता नीति, सार्वजनिक नीजि साझेदारी नीति, सुशासन तथा संगठन विकास नीति, सामाजिक परिचालन तथा टोल विकास नीति, वातावरण जनस्वास्थ्य तथा सरसफाई नीति र अन्य विविध क्षेत्रगत नीतिहरुलाई निरन्तरता दिदै थप केही नीतिहरु प्रस्ताव गरिएको छ । क्षेत्रगत नीतिहरुको विस्तृत विवरण नगर योजना पुस्तकमा उल्लेख गरिनेछ । उल्लेखित नीतिहरुसंग तादात्म्यता कायम हुने गरी नगरका समग्र कार्यक्रमहरु तय गरी क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको छ । चालु आ.व. मा थप गरिएका केहि नीति तथा कार्यक्रमहरुलाई मात्र यहाँ संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
१.सहभागितात्मक योजना तर्जुमाका चरणहरु पुरा गरी आएका सडक, खानेपानी, सिंचाई, तटवन्धन, भवन, लगायतका भौतिक पूर्वाधारका योजनाहरु बजेटको सीमा र परिधिभित्र रही प्राथमिकताको आधारमा निर्माण तथा संचालन गरिनेछ ।
२. ठूला आयोजनाहरुको कार्यान्वयन पूर्व त्यस्ता आयोजनाहरुको संभाव्यता अध्ययन एवं वातावरणीय प्रभाव समेतको मूल्याकंन गरी कार्यान्वयन गरिने छ । साथै सडक निर्माण गर्दा भिरालो प्रकृतिको सडकमा सडक कालो पत्रे भन्दा ढलान कार्यलाई प्राथमिकता दिईने छ ।
३. नगर यातायात गुरुयोजना, शहरी गरिवी न्यूनीकरण योजना, व्यवस्थित वस्ती विकास योजना, भू–उपयोग योजना, मर्मत संभार योजना, राजश्व प्रवद्र्धन योजना, नगर पर्यटन गुरुयोजना तयार गरी कार्यान्वयन तर्फ आवश्यक पहल गरिनेछ ।
४. वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ लाई पूर्ण रुपले पालना गर्दै समायानुकुल परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयन गरिने छ ।
५. नगरलाई पूर्ण सरसफाई युक्त एक सभ्य र सुसंस्कृत नगरको रुपमा विकास गर्न पुर्ण साक्षर नगर घोषणा गरिसकिएकोले, पूर्ण खोपयुक्त नगर घोषणा गर्ने, भान्सामा धुवाँ रहित नगर घोषणा गर्ने जस्ता कार्यहरुलाई प्राथमिकताका साथ संचालन गरिने नीति अवलम्वन गरिने छ ।
६. व्यवसायीक कृषि तथा पशुजन्य उत्पादनमा कृषकहरुलाई सघाउ पु¥याउने खालका कार्यक्रमहरु संचालन गरी कृषि व्यवसायबाट कृषकहरुको स्तरोन्नती हुने किसिमका आधुनिक, वैज्ञानिक कृषि प्रणालीका कार्यक्रमहरु संचालन गरिनेछ ।
७. समाजमा सहकारीताको विकास गराई समुदायमा आधारित सहकारी संस्था एवं सहकारी उद्यमको विकासका लागि विशेष गरी महिला तथा युवा वर्गलाई प्रोत्साहन गरिनेछ । साथै टोल विकास संस्थाहरुको संस्थागत क्षमता विकास गर्दै लगी क्रमशः सहकारीकरण गर्न सहयोग पु¥याउने नीति अवलम्वन गरिनेछ ।
८.“मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर सुन्दर समृद्ध सांस्कृतिक वागलुङ नगर” भन्ने नगरपालिकाको दिर्घकालीन भिजनले वोकेको महत्वको सारलाई आत्मसात गरी नगरको पर्यटन गुरुयोजना तयार गरी यस नगरलाई व्यापारिक तथा पर्यटन केन्द्रको रुपमा विकास गर्दै लैजाने गरी लगानी केन्द्रीत गरिने छ ।
९. खेलकुद विकास समितिको समन्वयमा खेलकुद क्षेत्रको विकास एवं प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ । युवाहरुलाई स्वरोजगारमूलक क्रियाकलापहरु एवं सामाजिक परिवर्तनका वाहकको रुपमा परिचालन गर्ने नीति अवलम्वन गरिने छ ।
१०. लैंगिक विकासका लागि समानुपातिक व्यवहार, लैंगिक बजेट र शसक्तिकरणका साथ विकासका हरेक क्रियाकलापहरुमा महिलाहरुको सहभागितालाई अभिवृद्धि गर्दै उनीहरुको पहुंच अभिवृद्धि गरिनेछ ।
११. वालश्रम न्युनिकरण एवं वालमैत्री क्रियाकलाप सघन रुपमा अगाडि बढाउदै वालवालिकाको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई स्थानीय स्तरमा प्रवद्र्धन गर्दै लगिनेछ ।
१२. फरक क्षमता भएका÷विपन्न÷दलित÷आदिवासी, जनजाती÷मुश्लिम÷सीमान्तकृत वर्गको हक अधिकार प्रवद्र्धन भेदभावको अन्त्य एवं विकास निर्माण प्रक्रियामा समावेशीकरण र सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गरिनेछ
१३. दलित÷आदिवासी÷जनजाति वर्गहरुको परम्परागत सीप विकास, भाषा संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै सामाजिक विकासमा सहयोग पु¥याउने नीति अख्तियार गरिनेछ ।
१४. स्थानीय एफ. एम. रेडियो, टेलिभिजन, पत्रपत्रिकाको संस्थागत विकासका लागि संचारकर्मी एवं पत्रकारिताको क्षमता विकास अभिवृद्धि गर्न आवश्यक कार्यहरु अगाडि बढाईने छ । साथै नगरका गतिविधिहरुको प्रकाशन तथा प्रसारणका लागि हाम्रो वागलुङ नगर रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरी संस्थागत पारदर्शिता प्रवद्र्धन गरिनेछ ।
१५. फोहरमैला तथा सरसफाई व्यवस्थापन कार्यलाई सार्वजनिक नीजि साझेदारीको मोडेलमा संचालन गरी उत्पादित फोहरको प्रकृति, परिमाण आदिका आधारमा शुल्क लिने व्यवस्थाका साथ शुल्कमा आधारित फोहर प्रणाली लागु गरी सफा नगरको अभियानलाई अगाडी वढाईने छ ।
१६. यस नगरपालिका क्षेत्रभित्र रहेका मनोरञ्जन पार्क, सार्वजनिक शौचालय, सामूदायिक सेवा केन्द्र, पुस्तकालय, वसपार्क आदिको निर्माण एवं संचालन गर्न साझेदारी मोडेल तय गरी आवश्यक प्रक्रिया अगाडि बढाईने छ ।
१७. यस नगरपालिकाको प्रशासनिक तथा सांगठनीक संरचना र संस्थागत प्रणाली सवल, सक्षम, मितव्ययी र प्रभावकारी तुल्याउँदै सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राहीमुखी बनाउँदै व्यवस्थापकीय क्षमता अभिवृद्धिमा जोड दिईने छ ।
१८. नगरपालिकाका सबै वडाहरुमा सामाजिक परिचालन कार्यक्रम लागु भई सकेकोले टोल विकास संस्था, वडा नागरिक मञ्च एवं नागरिक सचेतना केन्द्रहरुको प्रभावकारी रुपमा संचालन गरी उनीहरुको सहयोग, समन्वय र सक्रियतामा क्षमता विकास र सामूदायिक विकासका कार्यक्रमहरु संचालन गरिने छ ।
१९. समग्र आर्थिक प्रशासन (बजेट, लेखा व्यवस्थापन, लेखा परीक्षण) लाई सवल, सक्षम, मितव्ययी, प्रभावकारी, उत्तरदायी र नतीजामुखी तुल्याउँदै प्रशासनिक खर्चलाई नियन्त्रण गरी वान्छित सीमाभित्र ल्याईनेछ र राजश्वका श्रोतहरुको पहिचान र परिचालन गरी नगरपालिकाको आन्तरिक श्रोत वृद्धि गर्दै जाने नीति अवलम्वन गरिनेछ ।
२०. सरसफाईमा यस नगरलाई नमूना नगरको रुपमा विकास गरिनेछ । सरसफाई व्यवस्थापन कार्यमा नागरिकहरुको सहभागितालाई अभिवृद्धि गरी केहि टोलहरुलाई नमूना टोलको रुपमा स्थापित गर्दै जाने, फोहरको कम उत्सर्जन गर्ने, श्रोतमै वर्गीकरण गर्ने, घरघरमै फोहरको व्यवस्थापन गर्न समूदाय एवं फोहरमैला व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरिने छ ।
२१. स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतना अभिवृद्धि गरी एच. आई. भी.÷एड्स, लागु पदार्थ तथा दुव्र्यसनी नियन्त्रण र हेरचाह एवं आधारभूत स्वास्थ्य सेवाका लागि विभिन्न स्वास्थ्य संस्थाहरुसंग सहयोग, समन्वय र साझेदारी गर्ने नीति अवलम्बन गरिने छ ।
२२. नगरपालिका क्षेत्रभित्र आकस्मिक रुपमा आईपर्ने समस्याहरुको व्यवस्थापनका लागि दैवी प्रकोप उद्धार कोष, मर्मत संभार कोष, विपद व्यवस्थापन कोष, मानव सशाधन कोष,वालविकास केन्द्र अक्षय कोष, वालमैत्रि कोष, एकल महिला हित कोेष,, महिला कोष जलवायु अनुकुलन कोष, वारुणयन्त्र संचालन कोषहरुको स्थापना गरी कोषहरुलाई प्रभावकारी संचालनमा ल्याईने छ ।
२३.स्थानीय निकाय पुनर्संरचनाका सन्दर्भमा हालका छिमेकी गा.वि.हरु अमलाचौर, नारायणस्थान, पैंयुपाटा, रायडाँडा, भकुण्डे, तित्याङ र मालिका गा.वि.स पुरै र पाला तथा सिगाना गा.वि.स.का केहि भाग वागलुङ नगरपालिकामा समावेश भै नगरको क्षेत्र विस्तार हुने चरणमा रहेकोले ती क्षेत्रहरुका वासिन्दाहरुलाई नगरपालिका क्षेत्रमा हार्दिकताका साथ स्वागत गर्दै प्रभावकारी सेवा प्रवाह संयन्त्र निर्माण गर्ने र उक्त क्षेत्रहरुमा रहेका धार्मिक सांस्कृतिक तथा भौगोलिक एवं प्राकृतिक क्षेत्रहरुको संरक्षण र विकासका लागि वृहत्तर नगर विकासको मान्यतालाई आत्मसात गरी एकिकृत समन्वयात्मक विकासको अवधारणालाई अगाडि वढाईने छ ।
आदरणीय नगरवासी दाजुभाई तथा दिदी वहिनीहरु
अव म आगामी आ.व. २०७४÷०७५ लागि अनुमानीत आय, व्यय विवरण र योजना तथा कार्यक्रमहरु संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
आय तर्पm
आगामी आ.व. २०७४÷०७५ स्थानीय कर दस्तुर तर्पm रु १,५५,००,०००।– ,राजश्व वाँडफाँड तर्पm रु ७८,००,०००।– केन्द्रिय अनुदान तर्पm न.पा.अनुदान चालु तथा पुंजिगत अनुदान तर्पm रु ४,११,३४,०००।–, ठुला पुर्वाधार निर्माण तर्पm रु १,००,०००,००।– शहरी पुर्वाधार विकास कार्यक्रम तर्पm रु १,३१,२०,०००।– स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्पm रु डक वोर्ड कार्यक्रम तर्पm रु ३९,००,०००।–, सौर्य सडक वत्ति तर्पm ४२,००,०००।– जनसहभागिता सडक वोर्ड नेपाल र सौर्य सडक वत्ति जडान कार्यक्रम तर्पm रु १,६७,१६,०००।– शहरी स्वास्थ्य केन्द्र सञ्चालन तर्पm रु १६,४८,०००।– सामाजिक सुरक्षा तर्पm रु ३,२०,९९,०००।– शहरी गरिवि न्युनिकरण कोष तर्पmको (रिभल्भीङ फण्ड) रु ४१,००,०००।– , सौर्यवत्ति तर्पm ४२,००,०००।– वडा कार्यालय कोष मौज्दात तर्पm रु १,२३,०३१।८१ र अन्य विभिन्न शिर्षक तर्पmवाट हुने आय रु ८,००,०००।– गरी जम्मा रु १५,५०,०६०३१।८१ आय, अनुमान प्रस्ताव गरिएको छ ।
व्यय तर्पm
आगामी आ.व. २०७४।०७५ का लागि अनुमानीत नगरको समग्र लगानीलाई प्रशासन संगठन तथा संस्थागत विकास,शहरी विकास तथा भौतिक पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, स्वास्थ्य सरसफाई तथा वातावरण, र राजश्व परिचालन तथा व्यवस्थापन, सामाजिक सुरक्षा वृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको छ । आ.व. २०७४।०७५ को कुल अनुमानीत आय रु १५,५०,०६०३१।८१ मध्ये उपभोग, कार्यालय सञ्चालन, सेवा, अनुदान तथा पुजि निर्माण तर्पmको चालु तर्पm रु २,२५,२७,०३२।८१ कुल वजेटको १४.५३. प्रतिशत, भवन निर्माण तथा मर्मत सुधार तर्पm रु २,९९,५४,०००।– सडक तथा नाली निर्माण तथा मर्मत सुधार तर्पm रु २,७५,८५,०००।– पैदल मार्ग तर्पm २५,०००००।– खानेपानी तर्पm ४३,००,०००।– सौर्य सडक वत्ति तर्पm रु ५१,५२,०००।– अन्य विभिन्न योजना तर्पm रु ८४,१०,९९९।– गरी भौतिक पुर्वाधार विकास तर्पm रु ७,७९,०१,९९९.।– कुल वजेटको ५०.२५ प्रतिशत, स्वास्थ्य सरसफाई तथा वातावरण संरक्षण र शहरी स्वास्थ्य केन्द्र सञ्चालन तर्पm रु ५७,४८,०००।– सामाजिक परिचालन र शहरी गरिवि न्युनिकरण कोष परिचालन तर्पm रु ८२,६६,०००।–, सामाजिक विकास कार्यक्रम तर्पm रु ८०,३५,०००।– सामाजिक सुरक्षा तर्पm रु ३,२०,९९,०००।– अन्य कार्यक्रम राजश्व वाँडफाँड तर्पm ४,००,०००।– लक्षित वर्ग तर्पmको कुल वजेट लक्षित वर्ग महिला वालवालिका, दलित जनजाति जेष्ठ नागरिक फरक क्षमता भएका तथा पिछडिएका वर्ग सशक्तिकरण तर्पm को ३५ प्रतिशतले हुने कुल रकम रु १,०२,००,०००।– मध्ये लक्षित वर्गका महिला, वालवालिका, जेष्ठ नागरिक दलित जनजाति मुस्लीम अपांगता भएकाहरुकालाई प्रत्यक्ष लाभ हुने भौतिक पुर्वाधार तथा आर्थिक समाजिक विकासका आयोजनाहरुमा रु ७३,००,०००।– र क्षमता विकास तथा आयआर्जन कार्यक्रम तर्पm रु २९,००,०००।– गरी जम्मा रु १५,५०,०६०३१।८१ विनियोजन हुने गरी क्षेत्रगत वाँडफाँडको व्यवस्था मिलाईएको छ ।
यस सम्बन्धी आय व्यय तथा योजनाहरुको विस्तृत विवरण अनुसूचिहरुमा उल्लेख गरिएको छ ।
आदरणीय नगरवासी दाजुभाई तथा दिदी वहिनीहरु ः
कुनै एक क्षेत्रको विकासले मात्र समग्र नगरपालिकाको विकास हुन नसक्ने वस्तुगत यथार्थतालाई मनन गर्दै योजना तथा कार्यक्रम तयार गर्दा सवै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । यसबाट सवै क्षेत्रको सन्तुलित विकासमा टेवा पुग्नजाने विश्वास लिईएको छ । अर्को तर्फ सीमित श्रोत र साधनलाई प्राथमिकताको आधारमा बांडफांड गर्दा श्रोत छिरोलिन गएको भन्ने आलोचनाबाट मुक्त हुन आगामी दिनहरुमा थप श्रोतको पहिचान र परिचालनमा ध्यान दिनु पर्ने देखिन्छ । त्यस्तै यस नगरपालिकाको दीर्घकालिन विकासका लागि नगरपालिकाको श्रोतले भ्याउन नसक्ने जिल्ला स्तरीय आयोजनाहरुका लागि जिल्ला विकास समिति एवं जिल्ला स्तरीय विषयगत कार्यालयहरु र केन्द्रिय स्तरका आयोजनाहरुका लागि आवश्यक पहलका लागि सरोकारवाला वर्ग एवं माननीय सांसद ज्यूहरु मार्फत हार्दिक अनुरोध गर्न चाहन्छु । योजना तर्जुमा गर्नु मात्र महत्वपूर्ण विषय होईन यसको लक्ष्य एवं उद्देश्य प्राप्तीका लागि प्रभावकारी कार्यान्वयन एवं अनुगमन, मूल्याकंन जरुरी हुन्छ । यसका साथै संस्थागत, नीतिगत कार्यविधिगत सुधारका कार्यहरु समेत आवश्यक पर्न जान्छ । उपरोक्त नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा सदाझै सम्पूर्ण नगरवासीहरु एवं सम्बद्ध सवै पक्षहरुबाट सहयोग, सल्लाह, सुझाव एवं सिर्जनात्मक आलोचना र पृष्ठपोषण प्राप्त हुने विश्वास लिएको छु ।
अन्त्यमा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने चरणमा प्रत्यक्ष वा परोक्ष सहयोग पु¥याउनु हुने सम्पूर्ण नगरवासीहरुमा धन्यवाद दिन चाहन्छु । नीति, कार्यक्रम तथा बजेट तर्जुमाका सिलसिलामा हरवखत अमूल्य सुझावका साथ सहयोग दिनु हुने नगर स्तरीय राजनैतिक दलका पदाधिकारीज्यूहरुको विकास प्रतिको एकता, संवेदनशीलता क्षेत्रगत सूचनाको जानकारी एवं दलहरु वीच रहेको उच्चस्तरीय समन्वय, सहकार्य र सहभागिता हाम्रा लागि अत्यन्त महत्वपूर्ण र¥यो, यसप्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दै यस कार्यमा प्रत्यक्ष सहयोग पु¥याउनु हुने वडा नागरिक मञ्चका सम्पूर्ण पदाधिकारी ज्यूहरु लगायत विषयगत कार्यालयहरु, पूर्व निर्वाचित प्रतिनिधि ज्यूहरु, जिल्ला स्तरीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, नागरिक समाज, सामूदायिक तथा नीजि क्षेत्रका संघ संस्था, व्यवसायी, उद्यमी, समाजसेवी, वृद्धिजीवि, संचारकर्मी लगायत सहकर्मी कर्मचारी साथिहरु प्रति हार्दिक धन्यवाद दिन चाहन्छु । पुनः यस परिषदबाट प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेमा बागलुङ नगरको भौतिक पूर्वाधार लगायत आर्थिक तथा सामाजिक क्षेत्रको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने देखिएकोले यसको सफल कार्यान्वयनका लागि सम्बद्ध सवै पक्षहरुबाट सदा झै निरन्तर सहयोगको अपेक्षा सहित हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु हुने प्रमुख अतिथि श्रीमान सह सचिवज्यू विशिष्ठ अतिथि श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू तथा अन्य सम्पूर्ण अतिथिज्यूहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै, पुनः सवैमा धन्यवाद सहित विदा हुन्छु ।
धन्यवाद
युवराज अधिकारी
प्रमुख एवं कार्यकारी अधिकृत
बागलुङ नगरपालिका कार्यालय, बागलुङ