प्राय: माया–पिरतीका गीत गाउने सविना कार्की यसपालि भिन्न शैलीका गीतमा सुनिने भएकी छन् । शुक्रबार ‘सार्थक’ एल्बम निकालेकी उनले शैली फेर्दा रमाइलो अनुभूति भएको बताइन् । ‘सबै गीतमा स्वर अलग–अलग सुनिएजस्तो लाग्यो,’ उनले भनिन्, ‘गाउँदा मज्जा आएको थियो ।’
श्रीपुरुष ढकालको शब्द र सचिन सिंहको संगीत रेहेको ‘रुनुपर्ला भन्ने डरले…’ बोलको गीत सविनाले केही समयअघि नै रिलिज गरेकी थिइन् । योसँगै एल्बममा ‘अबोध ती अनाथहरू…’ गरी दुइटा सन्देशमूलक गीत समावेश गरिएको छ । यो प्याटर्नका गीत सविनाले पहिलोपटक गाएकी हुन् ।
कान्छो छोराकै नाममा तेस्रो एल्बम निकालेकी उनले अरूलाई प्रेरणा मिलोस् भनेर यस्ता गीत गाएको बताइन् । गीतकार दिनेश अधिकारी, संगीतकार सिंह, गायक आनन्द कार्की लगायतले सविनाको एल्बम लोकार्पण गरे ।
यसमा ‘यो घरको छानो…’, ‘तिम्रो कल्पनामा…’, ‘हिसाब–किताब रहेछ…’ र ‘फेरि–फेरि तिम्रो आभास…’ लगायत ६ वटा गीत छन् । तिनमा दिनेश अधिकारी, प्रकाश पुञ्ज, पविन दाहाल, अनिल शाही र सविना स्वंमका शब्द छन् भने बीबी अनुरागी, सञ्जय खड्गी र शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् ।
Previous Articleधन्न हाम्रो इज्जत बच्यो – प्रधानमन्त्री
Next Article हाजिर गरेर २ सय ८८ सांसद कता बेपत्ता ?