काठमाडौं २६ पुस -आवश्यक गणपूरक संख्या नपुगेपछि सोमवार संसदको पहिलो बैठक प्रभावित भयो । सोमबारको बैठकमा सभामुख ओनसरी घर्तीले स्थानीय तह निर्वाचन विधेयक स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद डिल्ली काफ्लेले नियमापत्ति गरेपछि गणना गर्दा संसद बैठकमा गणपुरक संख्या नदेखिएको हो ।
सांसद काफ्लेले आवश्यक गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गरेपछि संसदमा तीन मिनेट घण्टी बजाएर पुनः गणना गरिएको थियो । संसद परिसरमा रहेका सांसदहरूको संख्या गणना गर्दा १ सय १६ जना मात्र उपस्थित थिए । त्यसपछि संसदको बैठक आधा घण्टाका लागि स्थगित भयो ।
सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार सोमबार ४ सय ४ सांसदले हाजिरी पुष्तकमा हस्ताक्षर गरेपनि विधेयकलाई निर्णयार्थ पेश गर्ने समयमा संसदमा जम्मा १ सय १६ सांसद उपस्थित थिए । संसदको नियमित काम अगाडि बढाउन कुल सांसदको एक चौथाइ अर्थात १ सय ४९ सांसद आवश्यक पर्छ ।
आवश्यक गणपूरक संख्या नपुगेर संसद बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित हुने यो घटना नयाँ भने होइन । विगतमा पनि गणपूरक संख्या नपुगेर संसद बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित हुने गरेका उदाहरण छन् ।
सांसदहरूले संसद बैठकको हाजिरी पुस्तकमा हाजिर गरेपछि दैनिक १ हजार रुपैया, ट्याक्सी भाडा र अर्को १ हजार रुपैया बैठक भत्ता पाउने गर्छन् । सोमबारको बैठकमा सांसदहरूको भत्ता बृद्धि सम्बन्धी विधेयक स्वीकृत भएको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइएको थियो ।
संसद बैठक स्थगित भएपछि सम्बन्धित दलका प्रमुख सचेतकहरूले आफ्ना सांसदलाई फोन गरी बैठकमा बोलाएका थिए । सोमबार नै बसेको संसदको दोस्रो बैठकमा सैद्धान्तिक छलफलपछि विधेयक स्वीकृत गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजनीतिक दल र सांसद आफ्नो दायित्वप्रति गैरजिम्मेवार हुदा बारम्बार संसद स्थगित हुने अवस्था आएको बताउँछन् । ‘हामीले त संसदलाइ प्राज्ञिक थलो बनाउँ, हुन्छ÷हुन्न भनेर हात उठाउने काममा मात्र संसदलाई सीमित गर्नु भएन,’ सुवाल भन्छन, ‘मन्त्री बनाउने काम नरोक्दासम्म सांसद जवाफदेही बन्न सक्दैनन्।’