काठमाडौं, ८ पुस -अपहरणमा परेको लिवियाको विमानका दुई अपहरणकारीले माल्टा प्रहरी सामू आत्मसमर्पण गरेका छन् । चलक दलका सदस्यसहित ११८ सदस्य सवार विमान अपहरणपछि माल्टामा अवतरण गरिएको थियो । अवतरणसँग माल्टाको सुरक्षाकर्मीले विमानलाई घेरा हाले र त्यसपछि माल्टा सरकारले अपहरणकारीसँग वार्ता सुरु गर्यो ।
अपहरणकारीले दुई चरणमा गरेर विमानका यात्रुहरुलाई रिहा गरे । चालक दलका सदस्यलाई नियन्त्रणमै राखेका उनीहरुले केही समयपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ । उनीहरुमध्ये एकले विमानबाट उत्रने समयमा मोहमद गद्दाफीको जस्तो देखिने हरियो झन्डा देखाएका थिए । उनीहरु र माल्टा सरकारका बीच के विषयमा सहमति भयो र आत्मसमर्पण गर्न अपहरणकारी सहमत भए भन्ने खुलाइएको छैन ।
सुरुमा महिला र बालबालिकासहित २५ जना रिहा भए । दोस्रो चरणमा ४० जनालाई छाडिएको थियो । र, सबै यात्रुसहित चालक दलका केही सदस्य रिहा भए । अपहरणकारीले लिबियाका पूर्व शासक गद्धाफीको जस्तो देखिने हरियो झण्डा देखाएका थिए । तर, उनीहरुले माल्टा सरकारसँग के माग राखे र के सहमतिमा यात्रुहरुलाई छाडियो खुलेन ।
तर, केही चालक दलका सदस्य र हातमा ग्रिनेड बोकेका अपहरणकारी निकै बेर विमानमै रहे । तर, अन्ततः चालक दलका सदस्यसँगै अपहरणकारी विमानबाट उत्रिए । अपहरणकारीले आत्मसमर्पण गरेको र उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटलले बताएका छन् । अब उनीहरुलाई राजधानी लगिँदैछ ।
Previous Articleयसरी सुरु भयो सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता
Next Article किरण बरालको ‘यौटा फूल फुल्दै जान्छ’