बागलुङ, ३ पौष – हातेमालो साहित्य प्रतिष्ठान शाखा बागलुङको आयोजनामा बागलुङमा साहित्यीक जमघट तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । नव स्रष्टाहरुलाई साहित्य सिर्जनामा लाग्नका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै साहित्यकार तथा पूर्व प्राज्ञ प्रेम छोटाले लामो समयदेखिको धौलागिरिको साहित्यीक इतिहासलाई कायम राख्दै समय सापेक्ष सिर्जना गर्न स्रष्टाहरुलाई आग्रह गरेका थिए । धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले निरन्तरताको साधनाले मात्र सिर्जनाहरु परिस्कृत हुने भएकाले सिर्जनशिल यात्रामा अगाडि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल शिरीष, हातेमालो साहित्य प्रतिष्ठानका सल्लाहकार ताराप्रसाद शर्मा, राष्ट्रिय समाचार समितिका धौलागिरि संयोजक राम थापा अविरल, धौलागिरि कला तथा साहित्य मंचका अध्यक्ष राजिव जिसी र आउन सक्छ फेरी उपन्यासका लेखक सरु शर्मा पौडेलले रचना बाचन सहित मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका एक दर्जन भन्दा बढि स्रष्टाहरुले रचना बाचन गरेका थिएभने ‘आउन सक्छ फेरी’ उपन्यासका बिषयमा बिचार बिमर्श गरिएको थियो । कार्यक्रममा गोविन्द सुवेदी, बिवश थापा, याम थापा, दिनेश बिकल्प, तनमती रोका, समर्पित बिमस, लक्ष्मी पुन, मिलन पुर्जा, बिनोद पौडेल, बमबहादुर कार्की लगाएतले रचना बाचन गरेका थिए ।
सो अवसरमा रचना बाचन गर्ने सम्पूर्ण स्रष्टाहरुलाई प्रशँसा पत्र र प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पत्र बितरण गरिएको थियो । कार्यक्रम हातेमालो साहित्य प्रतिष्ठान शाखा बागलुङका अध्यक्ष याम रोका मगरको अध्यक्षता, सदस्य लक्ष्मी पुनको स्वागत र कोषाध्यक्ष प्रेम मगरको संचालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७३ पौष ३ गते आईतबारको राशिफल
Next Article नेकपा माओवादी केन्द्र निकट शिक्षकको भेला