बागलुङ, ३ पौष – नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रस्तावित निसिखोला गाउँपालिका स्तरिय भेला बोहरागाउँको झिँवाखोलामा सम्पन्न भएको छ । भेलाले हुतराज भुसालको अध्यक्षतामा प्रस्तावित निसीखोला गाउँपालिका स्तरिय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्ष उमानन्द रेग्मी, सचिव कृष्णबहादुर शाही, सहसचिव ईन्द्रलाल रेग्मी र कोषाध्यक्ष टेकराज अर्याल रहेका छन् । समितिको सदस्यहरुमा पञ्चविर घर्ती, भुवनबहादुर कुँवर, शिवलाल रेग्मी, विजय भारती, खड्गलाल सुनार, निरज शाही, लोकिश्वर सापकोटा र हिमलाल न्यौपाने रहेका छन्भने दुई जना महिला सदस्य पछि थपिने एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिवालय सदस्य नगेन्द्र खरेलले बताए । कार्यक्रममा बोल्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर–४ का इन्चार्ज झपेन्द्रबहादुर क्षत्रीले प्रगतिशिल शिक्षकहरु एकजुट भएर शैक्षिक सुधारको कार्यमा अघि बढ्नुपर्ने बताएका थिए । केन्द्रिय सदस्य तथा प्रदेश नम्बर–४ का सहसंयोजक चन्द्रदत्त रेग्मीले प्रदेशको सर्कुलर जानकारीसहित आफ्नो भनाई राखेका थिए । कार्यक्रममा संगठनका सदस्यहरुले आफ्नो क्षेत्रमा भएको संगठनको अवस्था, आफु कार्यरत शैक्षिक संस्थाको शैक्षिक तथा भौतिक पुर्वाधारको अवस्था तथा संगठन सुधारका लागि गर्नुपर्ने कामको बारेमा रिपोर्टिङ गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र गाउँ पार्टि कमिटि बोहरागाउँका अध्यक्ष नन्दबहादर चन्द, सचिव कृष्णबहादुर शाही, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिवालय सदस्यहरु जीतबहादुर थापा, नगेन्द्र खरेल, भुवान कुँवर र पञ्चविर घर्ती तथा शिक्षकहरु देवबहादुर सुनार, केसमान सुनार र घमबहादुर सुनारले बोलेका थिए । कार्यक्रम हुतराज भुषालकै अध्यक्षता, उमानन्द रेग्मीको स्वागत र ईन्द्रलाल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।