पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ मा सक्रिय कुँवर समाज समितिको आयोजनामा शनिबार आयोजित निशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा ३२६ जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ वरालले कार्यक्रमको उद्घाटन गर्नुभएको कार्यक्रम पोखरा महानगरपालिका वडा नं. ८ कार्यालयको आर्थिक सहयोगमा युनाईटेड रेफरल ल्यावोरेटरी र कास्की मोडल हस्पिटलको प्राविधिक सहयोगमा भएको थियो ।
युआरएलका अध्यक्ष ठाकुर प्रसाद पन्तले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्नुभएको थियो भने प्रा.डा.करुणा आचार्यले मधुमेय तथा थाइराइड बारेमा सचेतना सम्बन्धि मन्तव्य दिनुभएको थियो ।
डा. इश्वर शर्मा कडेंल, प्रा.डा. करुणा आचार्य लगाएतले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । सो अवसरमा पोखरा ८ की सचिव सविता ढुंगाना, कार्यक्रम संयोजक महेन्द्र कुँवर, संगम मार्ग महिला समुहकी अध्यक्ष इन्दिरा लामिछाने लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
पोखरा–८, कुँवरटोल स्थित कुँवर समाज समितिको सभाहलमा श्री भवानी आमा समुह र युथ अफ कुँवरटोलको सहआयोजना रहेको उक्त कार्यक्रम समितिका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको थियो भने सचिव लक्ष्मी कुँवरले कार्यक्रम संचालन गर्नुभएको थियो ।