राजेशचन्द्र राजभण्डारी
इतिहास बोकेको नेपालकै पुरानो सामुदायिक पुस्तकालय अहिले फेरि चर्चाको शिखरमा छ । २००३ सालमा बागलुङका शिक्षाप्रेमि काका ओमप्रसाद गौचन र मेघकुमार बैद्यले खोल्नु भएको पुस्तकालयलाई अहिलेको सुचना र सञ्चारको युग सँगसँगै लैजानु पर्ने पुस्तकालयमा आउनु हुने पाठक शुभचिन्तक सल्लाहकार को माग बमोजिम अहिले बिद्यामन्दिर पुस्तकालय बागलुङले बिद्युतिय पुस्तकालय अर्थात ई– लाइब्रेरी शुरूवात गरेर थप सेवा दिन थालेपछि अहिले पुस्तकालयमा आउने पाठकको बढेर गएको छ । अहिले नेपालकै पुरानो सामुदायिक पुस्तकालयले नयाँ गति लिएपछि यसलाई संस्थागत रूपमा चलाउन एउटा नयाँ अभियान सुरुवात गरिएको छ । सामुदायिक पुस्तकालय चलाउन सजिलो पनि छ र मुश्किल पनि । विभिन्न विधाका १४ हजारभन्दा पुस्तकसंगै अहिले कम्प्युटर राखेर अहिले कम्प्युटरमा पुस्तक पढ्ने, हेर्ने र सुन्ने सबै ब्यबस्थापन गरेपछि फेरि एउटा तरङ्ग आएको छ ।
साँच्चिकै पुस्तकालयलाई अब युग सुहाउँदो बनाउनका लागि नयाँ अभियान समाजमा रहेका सहयोगीबाट एक ब्यक्ति न्युनतम एकहजार सहयोग संकलन शुरूवात गर्ने पुस्तकालयलाई सहयोग गर्ने सहयोगदाताको नाम ठेगाना र फोटो र सहयोग रकम सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक गर्ने अभियान शुरूवात गर्ने, नयाँ सोच र बिचारलाई अघि सारेसँगै अहिले दैनिक जसोः पुस्तकालयलाई सहयोग रकम उठ्ने क्रमले तिब्रता पाएको छ । अहिले सामाजिक सन्जाल फेसबुकले समाजमा बिकृति बिसँगति ल्याएको भनी बिरोध भैरहेको समयमा भने हामीले यसको सहि सदुपयोग गरिरहेका छौ भन्ने कुरा दिनको घामझै छर्लङ्ग भएको छ । आजभन्दा ७० बर्षअघि समाजमा शिक्षाको ज्योति फैलाउने प्रमुख उदेश्यले खुलेको सामुदायिक पुस्तकालयले हजारौं मान्छेलाई शिक्षित तुल्यायो । आज घटनाक्रमले हिजो नेपाल भित्र नेपाल बाहिर रहनु भएका पुस्तकालयलाई माया गर्ने साथीभाइहरू यही सामाजिक सन्जाल फेसबुक कै कारणले अहिले भने नजिक आएको छ । पुस्तकालयलाई सहयोग अभियान शुरू गरेपछि फेसबुककै कारण आजका दिनसम्म आइपुग्दा २ लाख ५० हजार रकम सहयोग संकलन भैसकेको छ । ‘एक ब्यक्ति न्युनतम एक हजार’ अभियानले बागलुङ जिल्लामा मात्रै होइन अहिले नेपाल भित्र र बाहिर समेत एउटा तरङ्ग ल्याइदिएको छ । हुन त शुरूमा यो अभियान चलाउदा समाजमा केही मान्छे हाँसे । फेसबुकमार्फत फोटो राखेर के गर्न खोजेका हुन भने तर मैले पुस्तकालय लाई सहयोग रकम उठाउने काम भने रोकिन । जब प्रत्येक दिन सहयोग रकम नाम ठेगाना बिबरण फेसबुकमा आउन थालेपछि इतिहास बोकेको पुस्तकालयलाई माया गर्ने सहयोगीसँग रकम माग्नुपर्ने अबस्था नै आएन । मलाई फोन गरेर फेसबुकमा म्यासेज गरेर रकम लिन बोलाउनु भयो । साँच्चै नैे समाजमा केही गर्नुपर्छ हामीले पुस्तकालय गएर नपढे पनि अरूले पढ्ने छन् । हाम्रो छोराछोरीले पुस्तकालय गएर पढ्न नभ्याए पनि जनताका छोराछोरीले भएपनि पढ्ने बाताबरण बनोस् भनेर पनि अहिले दिनहुँजसो सहयोग रकम उठ्ने क्रम जारी छ ।
पुस्तकालयले अभियान शुरूवात गरेलगत्तै बागलुङका तत्कालीन सहायक प्रजिअ छबिलाल सुबेदीले शुरूवातमा एक हजार रूपैयाँ दिनुभयो । सो सहयोग रकम फेसबुकमा फोटोसहित पोस्ट गरेपछि सुवेदीले पुन ५ हजार सहयोग थप गरेर शुरू गरि दिनु भएको अभियानमा अहिलेसम्म १५५ जना सहयोगदाता जोडिनु भैसक्यो । अभियानमा प्रमुख जिल्ला अधिकारी, पर्यटन, ब्यबसायी, शिक्षक र महिला दिदीबहिनी बिद्यार्थी राजनीतिक दलका नेता ब्यापारी र सामाजिक संघसस्थादेखि सबै तह र तप्काका ब्यक्तिहरू सहयोग गरिरहेका छन् । थोरै–थोरै सहयोगबाट पुस्तकालय लाई १० लाखभन्दा बढी रकम उठाउने जुन योजना बनाए त्यो योजना क्रमिक रूपमा अघि बढिरहेको छ । जापान, अमेरिका, कोरिया, डेनमार्क, लन्डन र स्विजरल्याण्डमा ब्यबसाय गर्दै आउनु भएका सहयोगीहरूले धेरै–थोरै रकम पुस्तकालयले शुरूवात गरेको अभियानलाई पठाउनु भएको छ ।
कतिपय चिनेको साथीभाइलाई अनुरोध गर्दा सहज रूपमा रकम दिनु भएको छ । साँच्चिकै पबित्र अभियानले राम्रो सफलता हासिल गरेपछि अहिले यहीँ फेसबुक अभियानलाई नेपाल पत्रकार महासंघ, मालिका सेवा समाज लगायतका संस्थाले समेत अनुसरण गरेर अघि बढी रहेको छ । हामीले ठिक समयमा ठिक कामको शुरूवात गरेका रहेछौं । अहिले त फेसबुकमा मात्रै होइन प्रत्येक हप्ता सहयोग गर्ने सहयोगीको खबर समेत पत्रपत्रिका, एफएम र अनलाइनमा दिन थालेपछि पुस्तकालयलाई सहयोग गर्ने इच्छा ब्यक्त गर्दै दिनहुँ दुई चारजना सहयोगी सम्पर्कमा आउने क्रम समेत जारी छ । नेपाल रेडक्रस सोसाईटीका पुर्बसभापति बिश्वनाथ रेग्मीले मसँग किन सहयोग नमागेको भनेर रिसाउनु भयो अनि पुस्तकालयको अभियानलाई सहयोग रकम दिएर जानू भयो । अहिले पनि थुप्रै साथीहरू दिदीबहिनीले पुस्तकालय अभियानलाई मसँग किन सहयोग माग्नु भएन भनी गुनासो गरि रहनु भएको छ । अहिले बिद्यामन्दिर पुस्तकालयलाई दबाब र प्रभाबबाट मुक्त राख्ने अभियान पनि हो । साँच्चै भन्नू पर्दा एउटै ब्यक्तिबाट लाखौं रूपैयाँ माग्न पनि सकिन्छ र दिनको लागि पनि तयार छन् । तर एक दुई जनाभन्दा पनि धेरैलाई पुस्तकालयसंग जोड्ने यो साँच्चै भन्नू पर्दा महा अभियान नै हो । अहिले समाजमा पैसा नहुने मान्छे कमै मात्रामा छन् । उनीहरूले समाजको लागि धेरै थोरै सहयोग पनि गर्न चाहन्छन् तर त्यसको लागि बाताबरण मात्रै चाहिएको रहेछ भन्ने कुरा पनि अहिले चलाएको अभियानबाट स्पष्ट भएको छ ।
एक जना महानुभाबबाट न्युनतम एक हजार रूपैयाँ सहयोग माग्दा बढीमा २५ हजारसम्म सहयोग गरेर अभियानलाई सघाउनु भएको छ । हजार अभियान हजार ब्यक्ति र संघ संस्था सबैलाई पुस्तकालयसंग प्रत्यक्ष रूपमा जोड्ने अर्को महाअभियान हो । नेपालको शैक्षिक र बौद्धिक इतिहास बनाईसकेको पुस्तकालयको महाअभियानमा सहयोग गरेर आफ्नो पनि इतिहास बनाउने अर्को अबसर पनि हो । ई–लाइब्रेरी बनाउने अभियानलाई गैरे आवासीय नेपालीका पुस्तकालय अभियानका युरोप संयोजक सोम सापकोटाको पहलमा अहिले पुस्तकालय सन्चालन भै रहेको छ । सो अभियानलाई जिल्ला पिकास समिति बागलुङ, नगर पालिका कार्यालयले प्रत्यक्ष सहयोग गरेर सघाउने काम गरेको छ । अहिले भैरहेको सहयोगलाई संस्थागत गरि भबिययमा पुस्तकालयलाई अझ ब्यबस्थित रूपमा चलाउन अबश्य पनि मद्दत पुग्ने छ ।
पुस्तकालयले अहिले शुरू गरेको ई–लाइब्रेरीमा अहिले सामुदायिक बिद्यालयमा पढ्ने बिद्यार्थी आउने क्रम बढेको छ कम्प्युटरमा सबै कुरा भेट्ने भएको हुँदा पनि बालबालिका आउन मन पराएका हुन भन्ने देखिन्छ । पुस्तकालय सबैको हो । नेपालकै पुरानो पुस्तकालयलाई सबैले माया गरौ । सबैले आफ्नो क्षेत्रबाट सक्ने सहयोग गरेर यसलाई प्रदेश नम्बर ४ को मात्रै होइन नेपालकै नमुना पुस्तकालय बनाउन मद्दत गरौ । अहिले पुस्तकालयले चलाई रहेको अभियानलाई सहयोग गरौ । साँच्चै चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड भनेझै रहेछ अहिलेको सामाजिक सन्जाल । यसलाई ठिक तरिकाले चलाउन जान्यो भने फाइदा रहेछ तर गलत बाटो अपनाएमा ब्यक्तिलाई मात्रै होइन समाज र देशलाई समेत हानी छ । अहिले पुस्तकालयले शुरूवात गरेको अभियानमा छुटनु भएका म पनि सहयोग गर्न तयार छु भनी मन बिचार बनाउनु भएका सहयोगी महानुभाबले ढिला नगरी अभियानमा सहभागी भै दिनु भए अबश्य पनि ठुलो मद्दत पुग्ने छ । अभियान अझ बढी सफल हुनेछ ।