वासिंङटन, ३ मंसिर – जापानी प्रधानमन्त्री सिन्जो आबेले आफूलाई नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पूर्ण विश्वास भएको बताएका छन्।आबेले ट्रम्प टावरमा करिब डेढ घण्टा भएको भेटवार्ता निकै आत्मीय र सकारात्मक भएको बताए।
ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो नेताका रुपमा जापानी प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै आबेले भने, ‘हामीबिच अमेरिका र जापानको मैत्री सम्बन्धका विषयमा छलफल भयो र म यस छलफलपछि यो भन्न सक्छु की ट्रम्प एक असल नेता हुन् र हामीबिचको गठबन्धन र अमेरिका जापानमैत्री सम्बन्धमा कुनै परिवर्तन आउने छैन।
ट्रम्पले दक्षिण कोरिया र जापानले आफ्नै भूमिमा सैन्य सामाग्री उत्पाद गर्दै उत्तर कोरियाको चुनौतीको सामाना गर्नु पर्ने बताउँदै आएका छन्।जापानी प्रधानमन्त्री आबे पेरुमा हुने एसिया प्यासिपिक ट्रेड सम्मेलनअघि नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई दिन न्युयोर्क आएका हुन्। दोस्रो विश्वयुद्धपछि जापानको पुर्ननिर्माणमा सहयोग गरेका कारण अमेरिका र जापानबीच राम्रो गठबन्धन बन्दै आएको छ।
न्युयाेर्क पुगेर ट्रम्पलार्इ जापानी प्रधानमन्त्रीकाे बधार्इं
Previous Articleसङ्क्रमणकाल टुङ्ग्याउन पनि चुनाव हुन्छ-अध्यक्ष ओली
Next Article संक्रमणकालमा स्थानीय तह कसरी चलाउने ?