सेक्स ड्राइभ हालैका वर्षहरुमा विज्ञानले महिलाहरुमा यौनेच्छाको कमीका लागि हाइपोउेक्टिभ सेक्स्युअल डिजाएर डिसअर्डर अर्थात (एचएसडीडी) लाई जिम्मेवार मानेको छ ।
एउटा नयाँ अध्ययनले अनुसार, केही महिलाहरुमा यौनेच्छा कम हुनुको कारण उनीहरुको दिमागसँग सम्बन्धित रहेको खुलासा गरेको छ । यो शोधका क्रममा महिलाहरुलाई उत्तेजित गर्ने भिडियो देखाइएको थियो । र, उनीहरुको मष्तिष्कमा भइरहेको परिवर्तनको जाँच गरिएको थियो ।
शोधकर्ताहरुको दाबीअनुसार ती महिलाहरुको मष्तिष्कको स्क्यान फरक देखियो जुन महिला सेक्सप्रति उदासिन थिए । यो शोधमा काम गरिरहेका अमेरिकी बैज्ञनिकका अनुसार, उनीहरुले आफ्नो शोधका क्रममा यस्ता स्पष्ट तथ्य पाए जसबाट थाहा हुन्छ कि सेक्सप्रति उदासिनता निश्चित रुपमा शारीरिक विमारी हो ।
यसका लागि शोधकर्ताहरुले महिलाहरुलाई उत्तेजित पार्ने भिडियो देखाएर त्यसक्रममा उनीहरुको मष्तिष्कको हलचलको जाँचसमेत गरेका थिए । सेक्स ड्राइभ हालैका वर्षहरुमा विज्ञानले महिलाहरुमा यौनेच्छाको कमीका लागि हाइपोउेक्टिभ सेक्स्युअल डिजाएर डिसअर्डर अर्थात (एचएसडीडी) लाई जिम्मेवार मानेको छ । तर सेक्समा उदासिनताका लागि पहिलादेखि नै आफ्नो साथीसँग भावनात्मक रुपमा गाढा सम्बन्धको स्तर, मनोवैज्ञानिक सम्बन्ध र शारीरिक स्थितिलाई जिम्मेवार मानिदैछ ।
अब यो नयाँ शोधका प्रमुख डा. माइकल डाइमण्डका अनुसार, एचएसडीडी एउटा वास्तविक शारीरिक विमारी हो । शारीरिक स्पष्टिकरण डा. डाइमण्डले भने– ‘हामीले जुन शोधका क्रममा देख्यौ त्यसबाट थाहा हुन्छ कि यौनेच्छाको कमी वास्तवमा एउटा शारीरिक विकृति हो । तर यो दावीसँग यस क्षेत्रमा पहिलादेखि काम गरिरहेका अर्का विशेषज्ञ पूर्णतः सहमत छैनन् ।’ उनका अनुसार, यो शोध दिलचस्प हुन सक्दछ तर अझै यो क्षेत्रमा अरु काम गर्न आवश्यक छ ।
क्यामडेन र आलिंगटन मेन्टल हेल्थ ट्रष्टकी स्याण्डी गोल्डबेक वुड भन्छिन्– ‘यो हेर्नका लागि कि मष्तिष्कमा जुन परिवर्तनको चर्चा गरिदैछ त्यो निराशाका कारण सेक्ससँग सम्बन्धित छ र यसमा गहन शोध आवश्यक छ ।’ स्याण्डी गोल्डबेक वुडका अनुसार, निराशा र डिप्रेसनलाई सेक्स समस्यामा जिम्मेवार मानिन्छ । केही अरु विशेषज्ञहरुका रायमा सेक्सप्रति उदासिनताका लागि मात्र कुनै एउटा कारणलाई जिम्मेवार मान्न सकिन्न ।
किनभने यो एउटा मेडिकल समस्या हो र यो रहस्य अझै कायम छ कि यसको कारण एउटा छ वा धेरै । सेक्सप्रति आकर्षणमा कमीका लागि व्यस्त जीवनशैलीका साथै शारीरिक समस्याहरु, जस्तो कि पाठेघरमा गाँठो हुनुलाई पनि व्यापक मात्रामा जिम्मेवार मानिएको छ । विशेषज्ञहरुका अनुसार यो एउटा समस्या त हो तर जति मानिन्छ त्यो भन्दा कयौ कम महिला यसबाट प्रभावित छन् । –बीबीसी
Previous Articleसिर्जना : फुर्सदमा घुम्न आउनु यता
Next Article संविधान कार्यान्वयनका लागि व्यापक जनपरिचालन