निरन्तर
गोविन्द नेपाली
पृष्ठभूमि
नेकपा(एमाले) को गत असोज ५ देखि ११ गतेसम्म काठमाडौमा सम्पन्न केन्द्रीय कमिटीको सातौँ वैठकले गम्भिरताकासाथ महसुष गर्दै ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नाराका साथ २०७३ मंसिरदेखि फागुनसम्म चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ संचालन गर्ने निर्णय गरेको छ । यद्यपी, यही मंसिर २५, २६ र २७ गते नेकपा(एमाले), बागलुङको आठौँ जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भईसकेको सन्दर्भमा पार्टीको केन्द्रीय अभियान र त्यसले तय गरेको उद्देश्य तथा कार्यक्रमअन्तर्गत नै रहेर बागलुङमा भने असोज १८ गतेबाट नै अभियानको शुभारम्भ भई “संविधानको कार्यान्वयन एमालेको अभियान, आठौँ जिल्ला अधिवेशनका लागि सिङ्गो पार्टी परिचालन” भन्ने स्थानीय नाराका साथ हाल जिल्लाव्यापी रुपमा “संविधानको कार्यान्वयन र आठौँ जिल्ला अधिवेशनका लागि एमाले बागलुङको अभियान –२०७३” संचालन भईरहेको छ ।
१० वटा क्लस्टरहरुको निर्माण गरी दिपावली अगाडि एक चरणको अभियान समेत सम्पन्न भैसकेको छ । यस चरणमा विधानतः अधिवेशनको अवधि सकिएका अधिकांश स्थानीय पार्टी कमिटीका अधिवेशनहरु सम्पन्न भएको छन् भने अन्य ठाउँमा स्थानीय तहका भेलाहरु सम्पन्न भएका छन् । त्यस्तै जनसंगठनका केही स्थानीय कमिटीहरु पनि निर्माण भएका छन् । यहि मंसिर ३ गते हुने जिल्ला कमिटीको १३ औँ वैठकले अभियानको पहिलो चरणअन्तर्गत भएका कार्यक्रमहरुको मात्रात्मक र गुणात्मक पक्षको व्यापक समिक्षा गर्दै अभियान अन्तर्गत बाँकी रहेका अन्य थुप्रै कामहरुको थप योजना निर्माण गर्ने छभने सम्मुखमै आएको आठौँ जिल्ला अधिवेशन (यहि मंसिर २६ देखि २८, बागलुङ बजार) लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि ठोस कार्ययोजना निर्माण गरी लाग्नेछ ।
यसबीचमा पार्टी प्रदेश नं.४, प्रदेश संगठन कमिटीको दोश्रो बैठक कार्तिक २१ गते कावासोती–१५, नवलपुरमा अवस्थित अमलटारी मध्यवर्ती होमस्टेमा सम्पन्न भएको छ । बैठकले समसामयिक राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विविध विषयमा छलफल गरी केही महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छभने अभियानकै सन्दर्भमा थप स्पष्टताका साथ अभियानलाई सफल पार्नका लागि केही ठोस कार्ययोजना समेत निर्माण गरेको छ ।
अभियान के–का लागि ?
गत स्तम्भमा परिवर्तित सन्दर्भमा केन्द्रीय कमिटीको सातौँ बैठकका महत्वपूर्ण निष्कर्षहरुका बारेका केहि प्रष्ट पार्ने प्रयत्न गरिएको यस स्तम्भमा वास्तवमा नेकपा(एमाले)को यस अभियान के–का लागि हो अर्थात् अभियानको मूल उद्देश्य के हो त ? भन्ने विषयमा वुँदागत रुपमा केहि स्पष्ट पार्ने प्रयत्न गरिएकोे छ ।
१.संविधान निर्माणमा पार्टीको नेतृत्वदायी भूमिकाका वारेमा जनतालाई स्पष्ट पार्र्नु
असोज ३ संविधान जारी गर्न नदिनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आएका सबै खालका वाधा, अवरोध र दबावहरुलाई चिरेर संविधान जारी गर्ने कुरा चुनौतीपूर्ण थियो । तर, ति सबै चुनौतीहरुको दृढतापूर्वक सामना संविधान निर्माण र निर्धारित समयमै संविधान जारी गर्नका लागि नेकपा(एमाले) ले जुन महत्वपूर्ण र हस्तक्षेपकारी भूमिका खेलेको कुरा देश र जनताका सामु घाम जत्तिकै छर्लङ्ग छ । एमालेले पार्टीको आन्तरिक एकतालाई मजबुत पार्दै अन्य राजनीतिक शक्तिहरुलाई समेत एक ठाउँमा उभ्याउन नसकेको भए आज देश र जनताले संविधान जारी भएको वार्षिकोत्सव मनाउन पाउँथे कि पाउँदैनथे ? सायद यस प्रश्नले हामी सबैलाई आज पर्यन्त पनि झस्काइरहेको छ । तसर्थ, संविधान निर्माण र जारी गर्नका लागि पार्टीले खेलेको ऐतिहासिक भूमिकाका बारेमा जनतालाई अझ प्रष्ट पार्दै पार्टीका पक्षमा जनमत निर्माण गर्नु तथा संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि जनदबाव सिर्जना गर्न जरुरी छ ।
२. अघोािषत नाकावन्दी र सरकार सञ्चालनका क्रममा एमाले नेतृत्वको सरकारले हासिल गरेको जनपक्षिय श्रेष्ठताको प्रचार–प्रसार गर्नु
–संविधान जारी हुँदासाथ भारतले नेपालमाथि अघोषित नाकाबन्दी थोप¥यो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिनका लागि भद्र सहमति तोडेर सुशिल कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने देखि लिएर ओलीलाई चुनाव हराउन वा ओली नेतृत्वको गठवन्धन निर्माण हुन नदिनका लागि भएको भारतीय चलखेलका वारेमा को नै अनविज्ञ होला र ? तरपनि, सबै प्रयत्नहरुलाई असफल पार्दै प्रधानमन्त्री बनेपछि ओली नेतृत्वको सरकारले गरेका लोकप्रिय र जनपक्षिय कामहरुको जनताका बीचमा प्रचारप्रसार गर्न जरुरी छ ।
–बास्तवमा सरकार संचालनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकप्रिय मात्र हैन, उहाँले लिएको स्ट्यान्सले यस्तो स्टेटमेनसिप लियो, जुन आउँदो पुस्ताका लागि ‘डक्ट्रिन’ नै बन्ने पक्का छ । उहाँका स्वाभिमानी अडान र कदमले गर्दा उहाँ इतिहासले सम्झीरहने प्रधानमन्त्रीको सूचीमा पर्न सफल हुनुभयो । अन्ततः ओली सफल हुने भनेको पार्टीका अध्यक्ष समेत भएकाले सिङ्गो एमाले सफल भएको कुरा हो । यस सम्बन्धमा सिङ्गो एमाले जनमा कुनै भ्रम रहनु हुँदैन ।
–भारतीय नाकाबन्दीका बेला सरकार बन्दा धेरैको अनुमान थियो, ‘ओलीले कुनै सम्झौता भारतसँग गर्नेछन् र त्यसले नाकाबन्दी खुल्ने छ ।’ तर, त्यो अनुमान विपरीत ओलीले भारतसँग देशलाई हानी हुने खालको कुनै सम्झौता गर्नुभएन । बरु ओली सरकारले अन्तराष्ट्रिय मञ्चमा डटेर नाकाबन्दीको कुरा राख्यो । कुटनीतिक माध्यमबाट भारतलाई पछाडी हट्न बाध्य बनायो । उनकै अडानको कारण अन्तराष्ट्रिय समुदायमा भारत कमजोर साबित भयो । मोदी र भारतको तिव्र आलोचना भारत र भारतीय संसदमै भयो ।
–प्रधानमन्त्री ओलीले भारत भ्रमणमा पनि नाकाबन्दी नहटी नजाने घोषणा गर्नुभयो । नाकाबन्दीको बिचमै भ्रमणको लागि निम्तो पाए पनि जानुभएन । नाकाबन्दी हटेपछि गएको भ्रमणमा पनि उहाँको उच्च राजकीय सम्मान भयो । आफ्नो भारत भ्रमणका समयमा भारतको विशखापटन बन्दरगाहको सम्झौता गर्नुभयो । उक्त सम्झौता नेपालको लागि महत्वपूर्ण निर्णय थियो । भारतसँग स्वाभिमानी सम्बन्ध राख्न सक्ने इतिहासकै स्वाभमानी प्रधानमन्त्रीको रुपमा उनी स्थापित हुनुभयो । भारतको हस्तक्षेप विरुद्ध उहाँ डटेर उत्रिनुभयो । जसका लागि उहाँले जनताको व्यापक साथ र समर्थन पाउनुभयो ।
–यसअघिसम्म नेपाल विदेशीहरुको प्रयोगशाला जस्तै बनेको थियो । सामान्य नागरिकले सम्म अनुभूत गर्ने गरी विदेशीहरुको हस्तक्षेप हुन्थ्यो । तर, ओली प्रधानमन्त्री भएपछि अन्तराष्ट्रिय समुदायसँग स्वाभिमानी सम्बन्ध कायम राख्न सफल हुनुभयो । भारतको सन्दर्भमा मात्रै होइन युरोपेली राष्ट्र र अमेरिकासम्म पनि उहाँले स्वाभिमानी सम्बन्ध कायम राख्न सफल हुनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालविरुद्ध बेलायत लगायत युरोपेली राष्ट्रसँग गठबन्धन गरेर २ पटक विज्ञप्ती समेत जारी गरेपनि उहाँले त्यसको डटेर प्रतिवाद गर्नुभयो ।
–इतिहासमा कुनै सरकारले गर्न नसकेको चीनसँग पारवहन सम्झौता गरेर प्रधानमन्त्री ओलीले इतिहासमा महत्वपूर्ण काम गर्नुभयो । यसले नेपालमा रहँदै आएको भारतमाथिको एकाधिकार मात्र तोडिएन ओलीले ‘नेपाल सार्वभौमसत्ता उपयोग गर्न स्वतन्त्र छ र भारतको मात्र एकाधिकार चल्दैन’ भन्ने सन्देश एकै पटक दिनुभयो ।
–चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले चीनसँग लगानी, रेलमार्ग, पेट्रोलियम पदार्थ, सडक तथा पूर्वाधारका थुप्रै विषयमा सम्झौता गर्नुभयो । ओलीको उक्त कामलाई भारतीय मिडियाहरुले समेत मोदीलाई ओलीको चुनौती शिर्षकमा नेपालका अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री भनेर समाचार सम्प्रेषण गरे । नेपाल ‘भारतवेष्ठित’ अवस्थाबाट साँच्चिकै भुपरिवेष्ठित मुलुकको अवस्थामा स्थापित भयो ।
–नेपालको समृद्धि र स्वतन्त्रतामा सधै सकरात्मक व्यवाहार राख्ने चीनसँगको सम्बन्ध नयाँ शिराबाट अघि बढ्यो । यही कारण चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण गर्न तयारी हुँदै थियो भने सी जिनपिङको भ्रमणका क्रममा देशविच दिर्घकालिन सकारात्मक असर पार्ने सम्झौता हुने सम्भावना थियो ।
(बाँकी अर्को अंकमा…….क्रमश)
Previous Articleयौन चाहना कम गराउने कारणहरु
Next Article कात्तिक ३० देखि मंसिर ६ गतेसम्मको साप्ताहिक राशिफल