दुर्गालाल तिवारी
वाग्लुङको पश्चिमतर्फ ग्वालिचौर छ ठाउँ
डाडाकाडा समथर, मिलेका छन् गाउँ।
पुर्व दगा पश्चिम गिठे उत्तर जलजला
दक्षिण सिमा बढिघाट बग्छ कलकल।।
तल्लो पट्टि समथर मिलेको छ खेत
माल सामान किनमेल खौलारमा भेट।
शिव मन्दिर थानपति चमेरेको गुफा
विद्यालय घर आगन सधै हुन्छन सफा।।
उत्तर गाउँ सिमाक त पुर्व दक्षिण न्वार
भिरकटेरा अदुवाबारी,छहरा,र टारी।
ठुलाखेत,बायादिप,छम्तुम, ग्वालीचौर
ताल,दाग,खार माथि पर्यौ दागचौर।।
तिज,दसै,तिहार अनि स्थानिय पर्व
मंसिरमा चामलखाने न्वागि हाम्रो गर्व।
माईपुजा,सिध्दपुजा देउसि र भैलो
मौरीभिरको मह खादा मनै रमाईलो।।
यहिठाउमा जन्मलिई भए डाक्टर पनि
शिक्षक धेरै भएका छन् मुख्य सचिब पनि।
राजनिति गर्ने यहाँ धेरै नै छन् नेता
कहिलेकाहि फुर्सदमा घुम्न आउनुस यता।।
(पश्चिम बागलुग्ङको रमणिय स्थान ग्वालीचौर (पौदी)वासिको स्थानिय पर्व न्वागिको शुभकामना सहित रचिएको रचना)