म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । आइतबार एक समारोहका बिच उद्योग वाणिज्य संघले नवआगन्तुक प्रमुख जिल्ला अधिकारीलाई संघको कार्यालयमा स्वागत तथा भेटघाट गरेको जनाएको छ ।
नवआगन्तुक प्रजिअ अधिकारीलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्मा, पूर्व अध्यक्षहरु सुर्दशनकुमार श्रेष्ठ, प्रमोद श्रेष्ठ, कुविरकुमार श्रेष्ठले खादा लगाएर स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा म्याग्दीका उद्योगी व्यापारीले कोरोना भाइरस विरुद्धको अभियान, उद्योग व्यापारको समस्या, बाढीपहिरो पीडितलाई राहत तथा पुर्नवास, अनियमित विद्युत कटौतीको समस्या समाधान लगायतका विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।
स्वागतपछि बोल्दै प्रजिअ अधिकारीले म्याग्देली जनताको समस्या समाधानका लागि निरन्तर खटिने प्रतिबद्धता जनाउँदै प्रभावकारी रुपमा शान्तिसुरक्षाको प्रत्याभूति गराउन सबै सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताएका थिए ।