प्रभात भट्टराई
साढे दुई बर्ष अघि भारतीय लोक सभा चुनावमा नरेन्द्र मोदीको मुख्य एजेन्डा थियो- देश बिदेशमा रहेको कालोधन बाहिर ल्याउने र कारबाही गर्ने। आफु प्रधानमन्त्री बनेको १०० दिनमा कालोधन काबुमा ल्याइ सक्ने उनले घोषणा गरेका थिए।

पदमा पुगेपछि यसबारे छानविन गर्न सर्बोच्च अदालतका पुर्व न्यायाधिशको संयोजकत्वमा समिति समेत गठन गरे। भारतमा मात्र होइन बिदेशमा समेत भारतीय मुद्रामा कालोधन लुकाएको बारे सन्देह नरहेको बताइँदै आए पनि उक्त रकम सतहमा आउन सकेन।
चुनावमा अवैध तवरले भोट किन्न, ड्रक्स कारोबार तथा गैर कानुनी व्यापार गर्न उक्त पैसा प्रयोग हुने चर्चा चलि रह्यो। यस्तोमा मोदीले मंगलबार साँझ आठ बजे घोषणा गरि दिए- चलनचल्तीमा रहेका ५०० र एक हजार भारुका नोट सबै अवैध हुनेछन्। उनको घोषणा चार घण्टा पछि अर्थात राती १२ बजे पछि कार्यान्वयनम समेत आइ सकेको छ।
यसरी मोदीको करिब १५ मिनेटको भाषणले त्यतिनै अर्ब भारु मूल्य बराबरका नोट अवैध बनेका छन्। भारतीय रिजर्भ बैंकको गत मार्चको रिपोर्ट अनुसार १४ हजार १८० भारतिय रुपैयाँ (नेरु २२ हजार ६८८ अर्ब)बराबरका ५०० र एक हजारका नोट चलन चल्तीमा थिए। त्यसमा एक हजारका सात अर्ब ८५ करोडको ५०० र छ अर्ब ३२ करोडका एक हजार भारुको नोट छन्। अब यी सबै कागजको खोष्टा सरह बनेका छन्। अर्थात नेपालको कुल अर्थतन्त्र भन्दा झन्डै १० गुणा बढी मूल्यका नोट मोदीको एउटा घोषणाले काम नलाग्ने भए।
भारत जस्तो ठूलो देश, धेरै जनसंख्या र छरिएको अर्थतन्त्रमा यो सानोतिनो निर्णय होइन। अनलाइन कारोबारहरु चालु रहने भए पनि आज बुधबारका लागि त्यहाँ बैंक बिदा दिइएको छ। एटीएम मेसिनहरु भोली सम्म चल्दैनन्। त्यसपछि पनि चाहे जति पैसा निकाल्न पाइँदैन। एक जनाले दिनमा २००० भारु मात्र निकाल्न पाउने जनाइएको छ। अर्थात बजारलाई तत्काल सन्तुलनमा आउन ठूलै चुनौति देखिन्छ। जो सँग ५०० र १००० का नोट छन् उनीहरुले बिहिबार देखि आउँदो डिसेम्बर अन्तिम सम्ममा बैंक वा हुलाकमा गएर यी नोट साट्नु पर्नेछ।
कालोधनमाथिको प्रहार नोट सहटीबाटै सुरु गर्ने मोदी सरकारको तयारी छ। त्यहि भएर बैंक या हुलाक नोट साट्न पुग्नेले आफ्नो परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ। ठूलो परिमाणमा नगद लिएर गए सरकारले स्रोत समेत माग्न सक्छ। त्यसैले जो सँग अवैध मुद्रा छ, उसले यो पैसा नसाटे राखेकै ठाउँमा कागजको खोष्टा बन्ने, साट्न लैजाँदा आधार देखाउन नसक्ने विश्लेषण सरकारको छ।
त्यसैले भारतीय सञ्चार माध्यमले कालोधन माथि मोदीको सर्जिकल स्ट्राइक भन्दै यो प्रकरणलाई चर्चामा ल्याएका छन्। उनीहरुले यो निर्णय कालोधन राख्नेलाई गतिलो झापड हुने भए पनि बजार सञ्चालनमा गम्भिर समस्या आउने बताउँदै आएका छन्। सरकारले भने १०० भारु सम्मका सबै नोट चल्तीमा रहेको हुँदा खास समस्या नआउने दावी गरेको छ।

के छ नयाँ २००० को नोटमा?
भारत सरकारले ५०० र एक हजारको नोट प्रतिबन्ध लगाउनुको कारणको रुपमा कालोधन सँगै यो दरका नक्कली नोट छापिए, मुद्रास्फिती बढेको जस्ता तर्क पनि अघि सारेको छ। साथसाथै ५०० को नोट नयाँ डिजाइन सहित र एक हजारको ठाउँमा त्यसको दोब्बर दुई हजार भारुको नोट बिहिबार देखि चलनचल्तीमा ल्याउने भएको छ।

झन् ठूलो दरको नोटले फेरि कालोधन थुप्रिन अझ सहज नहुने कारण के? यो कदमबाट मुद्रास्फिती रोक्ने आधार के ?
भारत सरकारले भने अब नोट भन्दा पनि ‘भर्चुअल मनी (कार्ड एवं अनलाइन कारोबार)’ लाई प्राथमिकतामा दिने भएको छ। साथै नयाँ ल्याइएको दुई हजारको नोट दुरुपयोग नहोस् भनेर बिषेश सतर्कता अपनाएको जनाइएको छ।
गुलावी रंगको यो नोटमा भारतीय अन्तरिक्ष यात्रीले मंगलग्रहमा खिचेको फोटो राखिएको जनाइएको छ। त्यस्तै देवनागरिमा ‘स्वच्छ भारत’ पनि लेखिएको छ। वातावरण सरसफाइसँगै कालोधनमा समेत मुलुकलाई स्वच्छ पार्ने मोदी संकल्पलाई त्यहाँ उल्लेख गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सबै छिमेकी प्रभावित
भारत दक्षिण एसियाकै सबै भन्दा ठूलो अर्थतन्त्र हो। यहाँको मुद्रा अधिकांश छिमेकी देशमा चलन चल्तीमा छ। त्यसैले मोदी सरकारको निर्णयले नेपाल, बंगलादेश, श्रीलंका लगायत भारतका छिमेकी मात्र होइन अरब र केहि अफ्रिकन मुलुकमा समेत प्रभाव पर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए। नेपालीसँग रहेका यी नोट तत्कालै संकलन गर्न थाल्ने र भारतीय रिजर्भ बैंकबाट साटेर ल्याउने उनले जानकारी दिएका छन्।