काठमाडौं, २४ कार्तिक – भारत भ्रमण पूरा गरी बुधबार दिउँसो पाैने १ बजे स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलाई लामासँग आफ्नो भेट भएको भन्ने कुरा हावादारी भएको बताएका छन्। भारत भ्रमणका क्रममा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामासँग कुनै भेट नभएको बताएका हुन्।
नेपाल फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट सौहार्दपूर्ण रहेको बताए। भेटमा प्रधानमन्त्री मोदीले भारत अझै पनि नेपालका भूकम्पपीडितलाई सघाउन तयार रहेको बताएको जानकारी दिए। त्यस्तै, उनले भारतीय पूर्व गोर्खा सैनिकलाई भूकम्पपछिको पुननिर्माणमा सघाउन सुझाएका थिए।
प्रतिक्रियामा सभापति देउवाले संविधान संशोधनको प्रस्ताव तयार भइरहेको र छिट्टै संविधान संशोधन हुने आश्वासन प्रधानमन्त्री मोदीलाई दिएको बताए। इन्डिया फाउन्डेशनले भारतको गोवामा आयोजना गरेको सेमिनारमा भाग लिन देउवा भारत गएका थिए।
भारतका प्रधानमन्त्री मोदीसँगको भेट सौहार्दपूर्ण – देउवा
Previous Articleराष्ट्रपति ट्रम्पले भने – यो जित सबै अमेरिकीको हो
Next Article १४ हजार अर्ब भारु मूल्यका नोट कागजको खोष्टा