हिड्दा हिड्दै उकालिमा , किन लाग्छ ठेस
बेइमानी छन् मान्छे यता , नबोलेकै बेस ।
कलियुगमा नगरौ भो , सत्य युगका कुरा
देखाएर फुल यता , मान्छे रोप्छन छुरा ।
प्यास लाग्दा भेटिदैन , पानी यता पधेरिमा
बित्न खोज्छ जीवन किन , सधै भरी अधेरीमा ।
चुनैतिका सागरहरु , तर्न यता गाह्रो भयो
छैन जुन गगनमा , रात फेरि कालो भयो ।
आफ्नो ठाउँ परिवेश , किन आज बिरानो भो
दिनहरु ढल्दै जादा , मन किन पुरानो भो ।
छैनन् सफा मानिस यता , मन धेरै धमिलो छ
खुसियाली लुक्छ कतै , जीवन यो अमिलो छ ।
घाम , जुन सबैलाई , उस्तै हुन्छ बराबरी
तर भाग्छ भाग्य किन ,कस्लाइ गरुँ खबरदारी ।
अधर्मिको भिड भित्र, कता खोजी हिंड्नू धर्म
बगेकै छ पसिना यो , तर कता लुक्यो कर्म ।