खाडी मुलुक साउदी अरवमा विपिन पौडेलको अध्यक्षतामा म्याग्दी प्रवासी नेपाली संघ ‐मोना) राष्ट्रिय कार्यसमिति गठन भएको छ । मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाको उपस्थितिमा आयोजित अनलाइन बैठकबाट बरिष्ठ उपाध्यक्षमा करण पुन, उपाध्यक्ष दिपक खत्री, महासचिव तिलक पुनमगर, सचिव टेक रसाईली, सहसचिव लक्की छन्त्याल, बरिष्ठ कोषाध्यक्ष पबी शर्मा, कोषाध्यक्ष रामु रत्न, सह कोषाध्यक्ष ओमकार रसाईली रहेका छन् ।
समितिको सदस्यहरूमा राम प्रसाद छिनाल,भिम राज रसाइली, सन्जोल लामिछाने, राजकुमार थापा,कृष्ण छिनाल,प्रकाश खत्री,जयराज श्रीपाली,खिम बहादुर रसाइली ,सागर कुमाइ,बिरेन्द्र रसाइली र थर्कमान रसाइली रहेको मोना साउदी अरवले जनाएको छ । त्यस्तै बरिष्ठ सल्लाहकारमा उदिम केसी र सल्लाहकार आनन्द पौडेल रहेका छन् । अनलाइन बैठकमा ओमनका अध्यक्ष पूर्ण विकको समेत उपस्थिती रहेको थियो ।
रोजगारीका लागि आर्कषक गन्तब्य मानिएको साउदी अरवमा म्याग्देलीको संख्या अत्याधिक भएपनि संस्थागत गतिविधि सहित कार्यहरुका लागी मोना गठन भएको थिएन् । मोनाका तर्दथ समितिका अध्यक्ष पौडेलले मोनाको आगामी हुने महाधिवेशनमा सहभागितासँगै संस्थागत विकासमा समेत सक्रिय हुने बताए ।
उनले रोजगारीका लागि साउदी आउने म्याग्देलीलाई मोनामा आवद्ध गराउँदै संस्थागत हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । उनले मोनाको गतिविधिलाई अन्य नेपाली संघसंस्थासँग समेत जोड्ने प्रतिबद्धता ब्यक्त गरे । मोना आइसीका अध्यक्ष थापाले विश्वभर सञ्जाल विस्तार गर्ने योजनालाई तिब्रता दिएका छन् । मोना विश्वभर रहेका म्याग्देलीको साझा संस्थाको रुपमा काम गदैं आइरहेको छ । हालसम्म विश्वभर मोनाको २० वटा एनईसी गठन भएको छ ।
साउदी अरबमा मोना २००८ मा पनि गठन भएको थियो ।