म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था प्रभु मेनेजमेन्ट प्रालिद्वारा सम्मानित भएको छ । प्रालिद्वारा सञ्चालित प्रभु मनी ट्रान्सफरको २०७५ सालमा देशैभरी रहेका ४२ सय एजेन्टहरुमध्ये डेमेस्टिक रेमिट्यान्स सेवामा धौलागिरी भित्रकै लोकदीपले उत्कृष्ट सहकारीमा छनौट भएको सहकारीका प्रवन्धक नेत्रराज सुवेदीले बताए ।
प्रभुले देशभित्र रेमिट्यान्सतर्फ उत्कृष्ट कारोबार गर्ने ३१ वटा सहकारीमध्ये छनौट गरी सम्मानित गरेको प्रभु मेनेजमेन्ट प्रालिका प्रवन्धक गणेश घिमिरेले बताए । बागलुङको सिद्ध बराह कृषि सहकारीले समेत सम्मान प्राप्त गरेको छ ।
देशभित्रका साथै विश्वभरबाट रेमिट्यान्ससहित आन्तरिक तथा बाह्य हवाई टिकट सेवा, विद्युत, टेलिफोन, खानेपानी बिल भुक्तानीको सुविधा समेत रहेको छ । सहकारीले सम्मान प्राप्त गरेकोमा धन्यवाद दिँदै भविष्यमा पनि प्रभुका सेवाहरुमार्फत ग्राहकमाझ पुग्ने जनाएको छ ।