सेवा सुविधालाई आक्रामक रुपमा विस्तार गरिरहेको एनआईसी एसिया बैंकले म्याग्दीका दुई ठूला होटलबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटलको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
पर्वतको जलजला गाउँपालिका–३, बेनीमा शाखा कार्यालय र म्याग्दीको बेनी नगरपालिका–७, पुस्तकालयचोकमा काउन्टर विस्तार गरी सेवा प्रदान गरिरहेको बैंकले शुक्रबार होटल डल्फिनले बैंकका सेवाग्राहीलाई विभिन्न सेवा सुविधाहरूमा १० र होटल यतिले १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट पर्वत बेनी शाखाका प्रवन्धक गणेश पौडेल, होटल डल्फिनबाट प्रोप्राइटर सानुकुमारी श्रेष्ठ र होटल यतिका प्रोप्राइटर विमला गौचनले हस्ताक्षर गरेको बैंकका सर्भिज म्यानेजर सन्तोष ढकालले जानकारी दिए । दुवै होटल म्याग्दीका ठूला र पुराना होटल हुन् । यो सुविधाले एनआईसी एसियाका देशभरका सेवाग्राही लाभान्वित हुने जनाइएको छ ।
होटलको मेनुमा तोकिएको मुल्यमा दुवै होटलले सम्झौता अनुसारको छुट दिइने बैंकका शाखा प्रवन्धक पौडेलले बताएका छन् । एनआइसीले म्याग्दीको सदरमुकाम बेनीमा काउन्टरसँगै निकट भविष्यमा शाखा विस्तारको तयारी गरेको जनाएको छ ।
Previous Articleपश्चिम म्याग्दीमा पहिलोपटक एटिएम सेवा
Next Article डेमेस्टिक रेमिट्यान्स कारोबारमा लोकदीप उत्कृष्ट