लिलानाथ कोइराला
ओमान । नेपाली समाज ओमनले एक भब्य कार्यक्रम अायाेजना गरेर २३ अगस्ट २०१९ शुक्रबारका दिन नेपाली समाजका कार्य समिति सदस्य राजकुमार कार्कीलाई बिदाई गरेको छ । नेपाली समाजका महासचिव बिकास घलेले सन्चालन गर्नुभएको अाैपचारिक कार्यक्रमको अध्यक्षता नेपाली समाजका अध्यक्ष दिल ब. राेकाकाे रहेको थियोे ।
एनअारएनका सचिव डिबि क्षेत्रीको प्रमुख अतिथि, अतिथिहरुमा नेपाली महिला समुह कि पुर्व अध्यक्ष उमा ढुंगाना ,नेपाली समाजका संरक्षक तथा पुर्ब अध्यक्ष लिलानाथ काेईराला ,नेपाली समाजका बरिस्ठ सल्लाहकार ताेलाकान्त भट्टराई ,नेपाली महिला समूह अाेमनकि अध्यक्ष मधु गुरुङ लगायतका सहभागीता रहेको थियो । स्वागत भाषण नेपाली समाजका बरिस्ठ उपाध्यक्ष जिबन ढुंगानाले गरेका थिए । उपस्थित प्रमुख अतिथि लगायत अतिथिहरुबाट कार्य समितिका पदाधिकारी सदस्यहरु र अन्य अागन्तुक नेपाली दाजुभाइदिदीबहिनीहरु नेपाली समाजका सदस्य कार्कीलाई वहाँले नेपाली समाज साथै दुखपिडामा परेका नेपालीहरुलाई पुरयाउनु भएको सहयोग र वहाँकाे याेगदानकाे खुलेर प्रशन्सा गर्नु भयो ।
यात्रा सफलताको शुभकामना दिनुका साथै नेपालमा गएर वहाँ एक समाजसेवी र सफल ब्याबसाहि बन्ने अग्रिम शुभकामना समेत दिईकाे थियो ।
अन्तमा नेपाली समाजले सम्मान स्वरुप सदस्य कार्कीलाई खादा ओडाउनुका साथै मायाको चिनाे र प्रमाणपत्र प्रदान गर्यो । आफ्ना भनाइहरु राख्दै सदस्य कार्कीले बैदेशिक राेजगारिका सिलसिलामा अन्य देशमा नि रहेको र यस्तो नेपालीहरुकाे मिलजुल यही ओमनमा मात्रै मैले देखेको छु , नेपाली समाजले गरेकोे सम्मानलाई र यहाँ रहदा सबै साथीहरूलाई अाफु जिबित रहेसम्म कहिल्यै नभुल्ने बताउनुभयो । नेपाली समाजका अध्यक्ष दिल ब राेकाले सबै उपस्थितलाई धन्यवाद दिदै सदस्य राजकुमार कार्कीलाई नेपाल प्रतिनिधि बनाउने पनि बताउनु भयो यात्रा सफलताको शुभकामना दिदै कार्यक्रम समापन भएको थियो ।