पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा पहिलोपटक ‘अटोमेटेड टेलर मेसिन’ (एटिएम) सेवा सुरू गरेको छ । गरिमा विकास बैंक दरबाङ शाखाले बिहीबारदेखि सेवा सुरू गरेको हो । सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी एटिएम सञ्चालनमा ल्याएको शाखा प्रबन्धक नारायण शर्माले बताए ।
पश्चिम म्याग्दीका साथै छिमेकी बागलुङबाट सेवाग्राहीको चाप बढ्न थालेपछि सेवा थप गरिएको बताउँदै उनले एटिएमको सेवासँगै खल्तीमा पैसा बोेकेर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको बताएका छन् । छिमेकी बागलुङको तमान, लाम्मेलासहितका क्षेत्रबाट समेत बैंकमा आउने र रुकुम जिल्लाको म्याग्दी रुटबाट हिड्नेलाई समेत सहज हुनेछ । वि.सं. २०६६ सालमामा शाखा विस्तार गरेको थियो ।
दरबाङ शाखाले ४४ करोड कर्जा प्रवाह गरेको छ भने २९ करोड निक्षेप रहेको छ । शाखामा करिब सातहजार ग्राहक रहेका छन् । सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बाबियाचौर, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा विस्तार गरेको गरिमाले जिल्लाका सबै बस्तीमा जनतालाई बैकिङ पहुँचभित्र राख्ने गरी वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको छ ।
Previous Articleहेल्थ असिस्टेन्ट आचार्य अख्तियारको नियन्त्रणमा
Next Article बैंक तथा दुईवटा होलटबीच सम्झौता