सिद्धार्थ बैंक बेनी शाखाले प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत वृक्षारोपण कार्यक्रममार्फत वातावरण संरक्षणका लागि फलफुलका आँप, लिची र अम्बाका बिरुवा लगाइएको शाखा प्रवन्धक गणेश पाठकले बताए ।
वातावरण संरक्षणको क्षेत्रमा देशैभरीका शाखाबाट कार्यक्रम गरिने बताउँदै उनले वित्तीयसँगै समुदायमा विभिन्न कार्यक्रमहरु गर्ने गरेको जानकारी दिएका छन् । शाखामार्फत विपन्नलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम, गलेश्वर वृद्धाश्रमलाई सहयोगलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
बैंकले वृक्षहरुको सुरक्षा, सरसफाई तथा थप वृक्षारोपण कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ । बेनीमा शाखा विस्तार गरेका ‘क’ वर्गको निजी बैंकमा सामाजिक उत्तरदायित्व अन्तरगतका गतिविधिमा सिद्धार्थ बैंक अगाडि बढेको छ ।
Previous Articleकिन सकिएन लभ्लीहिल पुग्ने पदमार्ग ?
Next Article अस्थायी प्रहरी पोष्ट तिप्ल्याङमा स्थापना