म्याग्दीको बेनी नगरपालिका विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको तयारी थालेको छ । समितिले शुक्रबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा नगरका सरोकारवालाहरुले विपद् व्यवस्थापनका लागि पूर्वतयारी आवश्यक रहेकोमा जोड दिएका छन् ।
प्राकृतिक प्रकोप जुनसुकै समयमा पनि आउने सक्ने भन्दै उनीहरुले मानव निर्मित विपद् व्यवस्थापनका लागि त्यसको सामना गर्न योजनाबद्ध तयारी गर्नुपर्ने बताएका हुन् । विपद् व्यवस्थापनको पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठीको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले उद्घाटन गरेका थिए ।
प्रजिअ अधिकारीले विपद् व्यवस्थापनको पूर्वतयारीले भौतिक तथा मानवीय क्षतिलाई कम गर्न सकिने बताएका छन् । उनले जिल्लाको बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकाले तत्कालै विपद् व्यवस्थापन समिति गठन गरेर आवश्यक कार्ययोजना निर्माणका लागि गृहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जिल्लामा विपद्बाट सबैभन्दा धेरै बेनी नगरपालिका जोखिममा रहेको बताएका थिए ।
Previous Articleनेपालमा रअ
Next Article पर्यटकीयस्थल झाँक्रीपानीमा तीनतले भ्यु–टावर निर्माण