भारतको अनुसन्धान निकाय रअलाई विश्वमै उत्कृष्ट मध्येको एकमा गनिन्छ । रअले भारतलाई कसरी अगाडी बढाउने मात्र नभएर विश्वका कुन कुन विश्वले रअ भन्दैमा पनि बुझ्दछन् तर पनि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसीस विङ्स(रअ)ले खेल्ने भूमिका र यसले अहिले सम्म गरेका कामहरुलाई हेर्दा छिमेकीहरुका लागि निकै खतरनाक पनि छ यो । अहिले रअको चर्चा किन भयो भन्ने सवालका वारेमा खुलस्त पारी रहन पर्दैन । किन भने अहिले भारतीय गुप्तचर निकायका प्रमुख नेपाल आएर उच्च पदस्तलाई भेटेर फर्किए र त्यसको चर्चा गाउँ देखि शहर सम्म छ । नेकपा अध्यक्ष प्रचण्ड देखि नेपाली काँग्रेसका सभापतिलगायत सबैले भेटेको कारणले पनि समाचारको शिर्षक गतिलो बनेको छ ।
रअ प्रमुख सँग देशका ठूला पार्टीका नेताहरु र नेकपा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले भेट्नुलाई अर्थपूर्ण तबरले हेरिएको छ । तर उनीहरुको भेटले अब के कस्तो प्रभाव पार्न सक्ला त देशमा भन्ने पनि कौतुहलता हुनु स्वभाविक हो । भारतमा नरेन्द्र मोदी दोश्रो कार्यकालका लागि निर्वाचित भएर आएपछि उनले सामान्यतया राजनैतिक पृष्ठ भूमि भन्दा बाहिरका व्यक्तिलाई क्याबिनेटमा ल्याएको कारणले पनि छिमेकी प्रतिको दृष्टिकोण परिवर्तन हुन सक्ने मान्न सकिन्छ । भारतले नेपालमाथि लगाएको अघोशित नाकाबन्दीका समयमा मूख्य योजनाकारका रुपमा मानिएका व्यक्ति नै अहिले परराष्ट्र मन्त्री बनाएर मोदीले छिमेकीलाई त्रसित पारेको वर्तमान अवस्थामा रअका प्रमुखले नै नेपाल भ्रमण गरेर राज्यका मुख्य मानिसहरु सँग गोप्य भेट गर्नुलाई अर्थपूर्ण तबरले हेर्नु सामान्य नै हो ।
नेपाल भारत बीचको खुल्ला सिमानाको फाइदा उठाउँदै भारतले विभिन्न गतिबिधिहरु गर्दै आएको सर्वविधितै छ । यही खुल्ला सिमानाको कारणले गर्दा नेपालमा भारतीयहरुले अपराधीहरुले सताउने गरेको वर्तमान अवस्थामा त्यसलाई रोक्ने तर्फ पनि सोच्न पर्ने हुन्छ । देशका प्रमुख पार्टीका अध्यक्ष तथा अन्य व्यक्तिहरुले भेट्दै गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने रअ प्रमुखलाई नभेटेर आफ्नो अडानलाई एक पटक पुन मजबुत देखाएका छन् । राष्ट्र प्रेमको मजबुत उदाहरणको रुपमा लिन सकिने प्रधानमन्त्री केपी ओलीले यस पटक पनि राष्ट्रप्रमुखको हैसीयत र अडानलाई थप बलियो देखाएका छन् । सरकारका प्रवक्ताको भनाइलाई आधार मान्ने हो भने पनि ‘प्रधानमन्त्रीले होइन बानी परेकाहरुले भेटे होलान् रअ प्रमुखलाइ’ यत्ती शब्द पनि काफी नै छ । हामी के कुरामा ढुक्क हुन आवश्यक छ भने राज्यको प्रमुख व्यक्ति र प्रमुख हुने ध्याउन्नमा रहेकाहरुले कम्तिमा पनि आफ्नो हैसियतको ख्याल गरेर अगाडी बढ्नु पर्ने थियो । तर जे होस रअ सँग सबै नेपाली जोगीनु पर्छ नै तर प्रधानमन्त्रीले आफ्नो मजबुत अडानलाई अझै मतबुत बनाएका छन् यसमा हामीसबैले खुशी मान्नै पर्छ ।
Previous Article९३ हजार म्याग्दीवासी सञ्चारको पहुँचमा
Next Article बेनपामा विपद् व्यवस्थापनको तयारी