कविताको अदालतमा कविकार मनु मञ्जिलको एकल कवितावाचन हुने भएको छ । चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दी र प्रगतिशिल लेखक संघ म्याग्दीको संयुक्त आयोजनामा सदरमुकाम बेनीमा कार्यक्रम गर्न लागिएको हो ।
धौलागिरी क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको एकल कवितावाचन आउँदो असार २८ गते बेनीबजारस्थित मगर संघको सभाहलमा हुने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा आयोजक सुर्यचन्द्र साहित्य सञ्चार म्याग्दीका सचिव एवं प्रचारप्रसार संयोजक समिर रोका मगरले कवितावाचनको विषयमा जानकारी गराएका थिए ।
उनका अनुसार कार्यक्रम साविक धौलागिरी अञ्चलमा पहिलोपटक बेनीमा आयोजना गरिएको बताइएको छ । कार्यक्रममा मनु मञ्जिलका चर्चित कविताहरु प्रस्तुती गरिने कार्यक्रम संयोजक दर्पण रोका मगरले जानकारी दिए । कार्यक्रममा ६० देखि ७० हजार रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको उनले बताएका छन् । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि आन्तरिक तथा बाह्य तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ ।
Previous Articleज्ञानप्रकाश मावि नमुना विद्यालयमा छनौट
Next Article शान्तिसुरक्षा र सुशासनमा जोड: अधिकारी