आइतबार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा रुपान्तरण भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गरेको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।
शनिबार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नगरकार्यपालिका सदस्य विश्वकर्माले नगरसभामा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गर्दै नगर कार्यपालिका सदस्य विश्वकर्माले सहमति र सहकार्यबाट नै बेनी नगरपालिकालाई समृद्ध र विकसित बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । जनताको चाहना र अपेक्षा अनुसार आगामी दिनमा नगरपालिका अगाडि बढ्ने उनले बताए ।
आगामी असार २१ गते बस्ने नगरसभामा बेनपाको नीति, कार्यक्रम र बजेट ल्याउनका लागि आइतबारबाटै प्रक्रिया सुरु भएको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन् । गएको जेठ २८ गते बेनी नगरका एक तिहाई सदस्यहरुले विशेष नगरसभाको माग गरेका थिए । राजनीति सहमति भएकाले अब असार २१ गते बस्ने नगरसभाले नीति तथा कार्यक्रम र बजेट ल्याउने बेनी नगरपालिकाले जनाएको छ ।
यसअघि गत जेठ ३ गते बसेको बेनी नगर कार्यपालिकाको ४०औं वैठकमा नगर प्रमुख र कार्यपालिका सदस्यहरुबीच विवाद भएपछि त्यसयता वैठक बस्न सकेको थिएन । बेनपाको शिक्षा शाखामा कर्मचारी नियुक्ति गर्ने विषयमा कसलाई ल्याउने भन्नेबारे विवाद भएपछि नगर प्रमुखले वैठक स्थगित भयो भन्दै बाहिरिएपछि उपप्रमुखसहित कार्यपालिका सदस्यले वैठकलाई अगाडि बढाउँदा विवाद उत्पन्न भएको थियो ।
Previous Articleस्थगित भयो बेनी नगरसभा अर्को बैठक २१ गते
Next Article गोरुबिनै राष्ट्रिय धान दिवस मनाइयो