जेठ ३ गतेको विवाद भन्दै लामो समय देखि सञ्चालन नभएको कार्यपालीका बैठक माग गर्दै सदस्यहरुले माग गरेपछि असार १५ गते आयोजित विशेष नगरसभा बैठक स्थगित भएको छ ।
आगामी २१ गते बस्ने गरी नगरसभा बैठक स्थगित भएको हो । विशेष नगरसभालाइ ५ औं नगरसभामा रुपान्तरण गर्ने प्रस्ताव बैठकमा गरेपछि उक्त प्रस्ताब पारित भए सँगै बजेट लगायतका विषयमा छलफल गर्नका लागि आगामी २१ असारमा नगरसभा बैठक बोलाइएको प्रवक्ता रामकृष्ण बराइलीले बताए । उनका अनुसार २१ गते नीति तथा कार्यक्रम र बजेट पेश गर्ने सर्वसम्मत निर्णय भए सँगै बैठक स्थगित भएको हो ।