पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन पाँखुका एक युवा गायकले हिपहप शैलीको गीत ‘जन–आक्रोश’ सार्वजनिक गरेका छन् । पाँखुका हिपहप गायक कुमार केसी ‘योङ्ग मिनिस्टर’ले नेपालको वर्तमान अवस्थाका बारेमा चित्रण गरिएको छ ।
केसीको शब्द, योगेशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । बिक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाङ्कन गरेको भिडियोलाई बिक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक व्यङ्ग्यलाई समेत प्रस्तुत गरिएको छ ।
योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात…’ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता÷दर्शकमाझ ल्याएका हुन् । आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ले पनि स्रोता र दर्शकको माया पाउनेमा आफू आशावादी रहेको बताए ।
‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलीको गीतमार्फत प्रस्तुत गर्न खोजेका हौं, देशमा बढ्दै गएको बिकृति विसङ्गतिलाई उजागर गर्ने प्रयास हो’, योगेशले भने । उनले नेपालको अवस्थाले भोली नेपाल नै नभए नेपाली कसरी हुन्छ भन्दै गीतमार्फत सचेत बनाउँदै भविस्यमा पनि हिपहप शैलीकै गीत बजारमा ल्याउने बताए । गीत म्यूजिक नेपालबाट बजारमा ल्याइएको छ ।