पश्चिम म्याग्दीको एक निजी विद्यालयले विद्यार्थीलाई एकदिने प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ । मालिका गाउँपालिका–६, दरबाङस्थित केबि एकेडेमीले विद्यालयमा अध्ययरत विद्यार्थीलाई आप्तकालीन उपचारका विधिका साथै फष्टएडका सामग्रीको प्रयोगलगायत विभिन्न उपचार पद्धति र जनचेतनामूलक जानकारी गराइएको हो ।
विद्यालयभित्र आयोजित तालिममा प्राथमिक उपचार केन्द्र दरबाङका डा. गणेश श्रेष्ठले हरेक नागरिकले प्राथमिक उपचारका बारेमा जानकारी लिनुपर्ने बताउँदै प्राथमिक उपचाबारे तालिमले दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या न्युनीकरणमा निकै ठूलो सहयोग गर्ने बताएका थिए । उनले विद्यार्थीलाई दुर्घटनास्थलमा आपत्कालीन स्टे«चर बनाउने, आगलागीबाट जलेको अवस्थामा, घाँटीमा खानेकुरा अड्किने, पानीमा डुबिरहेको, कुकुरको टोकाई, नाकबाट रगत बगिरहेको, रक्तस्राप जस्ता विभिन्न सामान्य तथा जटिल दुर्घटामा कसरी प्राथमिक उपचार गर्ने तथा ज्यान जोगाउने विषयमा सिकाइएको थियो ।
सोही अवसरमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डले प्राथमिक उपचारमा सुरक्षाकर्मीको प्रयास तथा स्थानीयको सहयोगका बारेमा जानकारी गराएका थिए । उनले प्राथमिक उपचारलाई प्रभावकारी बनाउन विद्यार्थीले सिकेका सीपलाई आफ्ना घरपरिवार र छिमेकमा समेत फैलाउनुपर्नेमा जोड दिए ।
तालिममा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । विद्यालयका प्रबन्ध÷निर्देशक हिरा पुनले विद्यार्थीमार्फत समुदायलाई दुर्घटनाबाट मानवीय क्षतिलाई न्युनीकरण गर्न तालिम सञ्चालन गरिएको बताए । उनले विद्यार्थी तथा अभिभावक केन्द्रीत तालिमलाई समेत प्राथमिकता दिने बताए । तालिममा सहभागी विद्यार्थीले तालिम निकै लाभदायी भएकाले सिकेको सीपलाई आवश्यकता अनुसार प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
Previous Articleकोही नहुन घरवार विहिन
Next Article हिपहप शैलीको गीत ‘जन–आक्रोश’ बजारमा