सन्तोष कटुवाल
असार । सिन्धुलीमाडीमा जेठ २८ देखि असार २ गतेसम्म कला घरको आयोजना र पकेट थिएटरको प्रस्तुती नाटक निःधारमा चार हजार भन्दा बढिले अवलोकन सँगै ७ दिनमा २७ पटक मञ्चन गरि रंगमञ्च इतिहासमा महत्वपुर्ण उपलब्धी हासिल गरेको छ।
कृष्ण खड्काको परिकल्पना तथा निर्देशन रहेको नाटकमा पवित्रा रम्तेल, पदम बर्माशाखा, आयुष्मा देवकोटा, निरुता लामा, सुस्मा हायु, रीता थिङ, पुजा गौतम, बिराज कार्की र आकृती देवकोटाको अभिनय रहेको थियो।
सिन्धुली नाट्य क्षेत्रको ऐतिहासिक उपलब्धी साबित भएको नाटक निःमञ्चन कार्यक्रममा साथ दिनुहुने सम्पुर्ण सहयोगी मनहरु प्रति कलाघर सिन्धुलीका संचालक नेपाली बाबु सुमनले बिशेष धन्यबाद दिनु भएको थियो ।