नेपालमा चलेको १० वर्षे शसस्त्र युद्धका समयमा कयौं नेपालीहरु घरबार बिहीन भएका थिए भने धेरै मानिसहरु आफ्नो थातथलो छाडेर अन्यत्र बसाइ सर्न बाध्य भएका थिए । युद्धका कारणले वा अन्य कारणले आफ्नो घरबार छोडेर अन्यत्र गएर आश्रय लिएर बस्न बाध्य हुने मानिसहरुको संख्या निकै छ । विश्वरभर करोडौं मानिसहरु आफ्नो घरबार छाडेर अन्यत्र पुगेर आश्रय लिन बाध्य भएको अवस्था हो । गत वर्ष पनि म्यानमारको एउटा समूदाय त्यहाँको सरकारका कारणले गर्दा अन्यत्र शरण लिन पुगेका थिए । दुई लाख भन्दा बढी जनसमूदाय नै शरणार्थीको रुपमा अन्यत्र जान बाध्य भएका थिए । नेपालमा पनि भुटानी शरणार्थीहरुलाई राज्यले पाल्न परेको थियो । नेपाली भाषी भूटानीहरुलाई भुटान सरकारले देशनिकाला गरेपछि नेपालमा आएर शरणार्थीको रुपमा समय बिताए ।
नेपालको झापालगायतको क्षेत्रमा रहेका शरणार्थी शिबिरमा रहेका भुटानीहरुलाई अमेरिका लगायतका देशहरुमा पठाइएको भए पनि उनीहरुको चाहना भनेको आफ्नै देशमा जानु थियो । तर उनीहरुले आफ्नो देशमा जाने चाहना भए पनि शरणार्थीकै रुपमा विदेशी भूमिमा पुगेका भए पनि उनीहरु अहिले सम्मको अवस्थामा पनि अनागरिक जस्तै हुन् । कुनै पनि हालतमा आफ्नो भूमिमा फर्कने चाहना भए पनि तेश्रो मुलुकमा पुग्नु पर्दाको पिडा उनीहरु सँग छ । आफ्नो देश र आफ्नो भूमि र भूमिका हुँदा हुदै पनि आफ्नो भूमि छाडेर अन्यत्रै जान बाध्य भएकाहरुको पिडा उनीहरु सिवाय अरु कसलाइ थाहा होला र । आफ्नो भूमिको सिमा या अन्य देशको सिमा भित्र अथवा आफ्नै मुलुक भित्रै भए पनि अरुको शरणमा बस्न बाध्य भएका नागरिकहरुको अवस्था नै शरणार्थी हो ।
आज शरणार्थी दिवस । विश्वले शरणार्थीहरुको समस्याको बारेमा थाहा पाउदै आएको छ र यो समस्या झेल्न कसैले नपरोस भन्ने हेतुले प्रत्येक वर्षको जुन २० मा अन्तर्राष्ट्रिय शरणार्थी दिवस मनाइदै आएको छ । सन १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्र ५० वर्ष पुगेको सन्दर्भमा सन २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि यो दिवस मनाउने निर्णय गरेको थियो । द्वन्द्वलगायतका कारणले विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनु पर्ने भन्ने प्रसंगलाई जोड दिँदै आजको दिनमा कोही पनि शरणार्थी बन्न नपरोस भन्ने तर्फ हामी लाग्नुको विकल्प छैन । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् । नेपालमा भुटानबाट आएका शरणार्थीको संख्या ४८ हजार माथि थियो । उनीहरु मध्ये धेरैलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिका लगायतका तेश्रो देशमा पूर्नवास गराइएको छ । यस्ता समस्याहरु कहिल्यै नपरोश भन्दै आजको दिनलाई आगामी दिनमा यस्तो सुन्न नपरोस भन्ने तर्फ लाग्ने कि?
Previous Articleजनकल्याण माविले ६२औं वार्षिकोत्सव मनायो
Next Article विद्यार्थीलाई प्राथमिक उपचार तालिम