म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा क्लिनीकमा बिहीबार अनुगमन भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बेनपा–७, बेनीबजारमा सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरिएको हो ।
बेनी अस्पताल म्याग्दीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेको नेतृत्वमा निजी स्वास्थ्य संस्था र क्लिनीकहरुमा अनुगमन गरिएको बेनपाको स्वास्थ्य शाखाले जनाएको छ । डा. घिमिरे नेतृत्वको टोलीले पोखरा डेन्टल होम, युगल डेन्टल केयर सेन्टर, न्यु म्याग्दी डेन्टल होम, निलगिरी डेन्टल केयर सेन्टर र पाण्डे ल्यावमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अधिकांश निजी स्वास्थ्य संस्थाहरुले मापदण्ड पुरा गरेको भए पनि केही स्वास्थ्य संस्थाले भने मापदण्ड पुरा नगरेको पाइएको डा. घिमिरेको भनाइ छ । उनका अनुसार सरकारी मापदण्ड पुरा नगरेका स्वास्थ्य संस्थाहरुलाई तुरुन्तै प्रक्रिया पुरा गर्न निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा डा. घिमिेरसहित डा. देवान कार्की, बेनी नगरपालिकाका सूचना अधिकारी बिमलरन्जन कार्की, स्वास्थ्य संयोजक लिला गौतम, सहसंयोजक सोमनाथ उपाध्याय लगायतको सहभागिता रहेको थियो । यसअघि गरिएको अनुगमनपछि समय निर्धारण गरी पुनः फ्लोअपका रुपमा अनुगमन गरिएको जनाइएको छ ।